logo
२०८१ बैशाख ८ शनिवार



बीएण्डसी मेडिकल कलेजकाे अनुगमन समितिद्वारा संयुक्त रुपमा प्रतिवेदन नबुझाउने

खुला |


बीएण्डसी मेडिकल कलेजकाे अनुगमन समितिद्वारा संयुक्त रुपमा प्रतिवेदन नबुझाउने


सरोज ढुङ्गेल
काठमाडौं, असार २६ गते । प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन टोलीमा रहनुभएका डा. भोजराज अधिकारी उक्त टोलीबाट बाहिरिनु भएको छ । उहाँ बाहिरिएसँगै अनुगमन समितिले संयुक्त रुपमा प्रतिवेदन नबुझाउने भएको छ ।

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराज लुईंटेलले समितिका सदस्य डा. रमेश आचार्य र डा. भोजराज अधिकारीले छुट्टाछुटै लिखित रुपमा प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिएको उल्लेख गर्नुभयो । उहाँले इन्ट्रेस बाझिएपछि समितिका संयोजकले समेत प्रतिवेदन बुझाउन नसक्ने बताउनुभएको छ । साउन नौ गतेदेखि आयोगले परीक्षा गर्दैछ, प्रवक्ता लुईंटेलले भन्नुभयो, “त्यसपछि बीएण्डसीको विषयले प्राथमिकता पाउला ।” अब आयोग परीक्षामा केन्द्रित हुने भन्दै दुईजनाको ‘इगो’का कारण समस्या भएको बताउनुभयो ।

बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले यदि सम्बन्धन नदिने हो भने राज्यले मेडिकल कलेज लिएर सञ्चालन गर्न आग्रह गरिसक्नुभएको छ ।
अनुगमन समितिका सदस्य डा. भोजराज अधिकारीले आफ्नो नाम जोडिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचारहरु आएकाले नैतिकताका आधारमा आफू अनुगमन टोलीमा संलग्न हुन नसक्ने र प्रतिवेदन बुझाउन नसक्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोग कार्यकारी समितिलाई पत्र लेख्दै अनुगमनमा आफ्नो कुनै पनि इन्ट्रेस्ट नहुँदा नहुँदै आफ्नो नाम जोडिएकाले उक्त टोलीबाट भए गरेका कामको प्रतिवेदन आफुले बुझाउन नसक्ने बताउनुभएको छ ।

अनुगमन गरेको तीनसाता बितिसक्दा पनि प्रतिवेदन बुझाउन नसक्दा बीएण्डसीको सम्बन्धन प्रक्रिया अलपत्र परेपछि अस्पतालका सञ्चालक दुर्गा पर्साइले प्रधानमन्त्री स्वंयमलाई सम्बन्धन दिन या बन्द गर्न आग्रह गर्नुभएको थियो । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी र बीएण्डसीका सञ्चालक प्रसाईंबीचको विवादमा अदालतमा डा. अधिकारी साक्षी बस्नुभएको थाहा पाएपछि ‘कनफ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्ने भन्दै अनुगमन टोलीका संयोजक डा. प्रकाशराज पाण्डेले आयोगको कार्यकारी समिति बैठकमा प्रतिवेदन बुझाउन मान्नु भएको छैन । डा. अधिकारीले प्राडा गिरी र प्रसार्इंबीच आफ्नो कुनै लिनु दिनु नरहेको समेत आयोगलाई पठाउनुभएको पत्रमा उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?