logo
२०८१ बैशाख २० बिहीवार



चट्याङ लागेर सातजना बेहोस, तीन गम्भीर, एकदर्जन घरमा क्षति

खुला |


चट्याङ लागेर सातजना बेहोस, तीन गम्भीर, एकदर्जन घरमा क्षति


मनोज भट्टराई
ओखलढुंगा, भदौ २१ गते । ओखलढुङ्गामा गएराती भीषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन ।
चट्याङ् लागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अवस्था भने गम्भीर छ । गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल सोबरु पुर्याइएको छ । चट्याङ लागेर बेहोस भएका टङ्ककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अवस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिनुभयो । चट्याङले लागेर बेहोस भएकामध्ये चार जनाको पछिल्लो अवस्था सामान्य रहेको र तीन जनाको अवस्था भने गम्भीर रहेको उहाँको भनाइ छ ।
चट्याङले लागेर स्थानीयका एक दर्जनभन्दा बढी घरमा क्षति पुगेकोे छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताउनुभयो । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?