logo
२०८१ बैशाख २३ आईतवार



तीनवटा बाघले घेरेका गोठालाको हात्तीको सहयोगमा उद्दार

खुला |


तीनवटा बाघले घेरेका गोठालाको हात्तीको सहयोगमा उद्दार
सांकेतिक तस्बिर


सिराज खान
नेपालगञ्ज, असोज १६ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।
भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।
बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेका हुन् । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिनुभयो ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिनुभयो।
सो घटनापछि गाभर छेत्रका स्थानीयमा बाघको त्रास झनै बढेको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?