logo
२०८१ बैशाख २३ आईतवार

 हिटर बाल्दा निसासिएर कसरी ज्यान जान्छ ?  



सावधानीपूर्वक ग्यास, ह्यालोजन हिटर प्रयाेग गर्न विज्ञकाे सुझाव

खुला |
समाज |


सावधानीपूर्वक ग्यास, ह्यालोजन हिटर प्रयाेग गर्न विज्ञकाे सुझाव


काठमाडौं, पुस ७ गते । गएकाे पुस २ गते बाँके कोहोलपुरकी २६ वर्षीया अनुपमा श्रेष्ठको जुम्लास्थित सिटिजन्स बैंकको शाैचालयमा निसासिएर निधन भयाे । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा नर्सको रूपमा कार्यरत श्रेष्ठ शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

वि.सं. २०७६ माघ १६ गते ललितपुर, नख्खीपोट विशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लबको 'साउना स्पामा' एक दम्पती मृत अवस्थामा फेला परे ।

यस्तै, वि.सं. २०७६ माघ २६ गते आठ भारतीय पर्यटकको मकवानपुर थाहा नगरपालिकाको एभरेस्ट पानोरमा रिसोर्टमा निसासिएर मृत्यु भयो । भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जना पर्यटक त्यहाँ बसेका थिए। केरलाको गर्मीमा बसेका उनीहरुलाई दामनको तापक्रम अत्यधिक चिसो लाग्यो ।

कोठामा ‘इलेक्ट्रिक बेड’ भए पनि उनीहरुले ‘रिसेप्सन’बाट हिटर लगे । अर्को कोठामा सुतिरहेकाहरु त्यही कोठामा हिटर ताप्न आए । तर कोठाको झ्यालढोका बन्द गरेका थिए । हिटरको तातोले निदाएका उनीहरु बिहान अबेरसम्म उठेनन् ।

होटलका कर्मचारी चिया लिएर जादाँ अचेत अवस्थामा थिए । तत्कालै हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइयो । आईसीयूमा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनीहरुको मृत्युको कारण ‘हिटर’ बालेर सुत्दा निसासिएर भएको थियो ।

किन हुन्छ मृत्यु

माथिका यी प्रतिनिधि घटनाहरुमा मात्र हुन् । सबै घटनाहरु घरको झ्याल ढोकाहरु बन्द भएर निसासिएर मृत्यु भएको देखिएको छ। वीर अस्पतालल र त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा पनि जाडो मौसममा निसासिएर अस्पतालमा आउनेको सङ्ख्या बढ्ने गरेको अस्पतालले जनाएको छ । जाडो मौसममा हरेक वर्ष मानिसहरु निसासिएर मृत्यु हुने घटना सुनिने गर्दछन् । चिसोबाट बच्न शरीर र कोठा न्यानो बनाउन मकल, आगो तथा हिटर बाल्ने गरिन्छ । चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जाने खतरा हुन सक्ने चिकित्सक बताउँछन् ।

कसरी हुन्छ मृत्यु

कोठा न्यानो पार्नका लागि बालिने कोइला, दाउरा, ग्यास हिटर, होलोजन हिटरबाट कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ । ग्यास बाहिर जान नपाएपछि मानिसको निसासिएर मृत्यु हुने गरेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम बताउनुहुन्छ ।

‘जाडोमा बालिने ग्यास हिटर, मकलबाट धुवाँका साथै कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्दछ । कार्बन मोनोअक्साइडको कारणले कहिलेकाहीँ मानिसको अचानक मृत्यु हुने वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गाना बताउनुहुन्छ । उहाँका अनुसार यस्तो मृत्युलाई ‘साइलेन्ट मृत्यु’ पनि भन्ने गरिन्छ। कार्बन मोनोअक्साइड ग्यासले कसरी असर गर्छ डा. बमका अनुसार कोठा गुम्म पारेर मकल, आगो तथा हिटर बालेको कोठामा सास लिँदा त्यसबाट निस्किएको कार्बन मोनोअक्साइड ग्यास फोक्सोमा जान्छ । फोक्सोले रगतका कोशिकाहरुमा अक्सिजन पु¥याउने काम गर्छ ।

फोक्सोमा कार्बन मोनोअक्साइड ग्यास गएपछि फोक्सोले रगतका कोषिकाहरु कार्बन मोनोअक्साइड ग्यास पु¥याउँछ । कार्बन मोनोअक्साइडले रगतमा रहेको रक्तकोषिकाबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुको चाल समेत गडबढ हुने डा. बम बताउनुहुन्छ । ‘कार्बन मोनोअक्साइडले शरीरमा भएको अक्सिजन बाहिर फालिदिने गर्छ । त्यही कारणले अक्सिजनको मात्रा काम हुन्छ।

लक्षणहरू

रिंगटा लाग्ने टाउको दुख्ने, शरीर झमझमाउने, भुइँमा ढल्ने र होस नहुने हुन्छ । होस् भएन भने शरीरमा अक्सिजन कम हुँँदै गएर मुटुको तालहरु बिग्रन सक्छ । मुटुको चाल बिग्रिएपछि मुटुले राम्रोसँग रगत पम्प गरेर शरीरका विभिन्न अङ्गमा लैजान सक्दैन र मानिसको मृत्यु हुनेगर्छ ।’ डा. बम बताउनुहुन्छ ।

‘हिटरमा जस्तै गिजरमा पनि उस्तै प्रकिया लागू हुने डा. ढुङ्गाना बताउनुहुन्छ । डा. ढुङ्गानाका अनुसार बाथरुममा गिजर खोल्दा झ्याल ढोका बन्द हुँदा मानिस बेहोस भएर ढल्ने सम्भावना हुन्छ । रगतमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुनेजस्ता लक्षण देखिने ढुङ्गाना बताउनुहुन्छ ।

होस भएको मान्छेले श्वास फेर्न अप्ठ्यारो भएको सजिलै थाहा पाउँछ तथा सुतेको छ भने त्यो बेहोस हुन्छ । बेहोशीमा गएपछि कुनै प्रतिक्रिया जनाउन नसक्ने कारण मृत्यु हुने जानकारी उहाँले दिनुभयाे । ‘निदाएका बेला शरीर प्रतिक्रियाविहीन र अर्धचेत हुन्छ, अक्सिजनको मात्रा कम भएको चालै पाउँदैनन् र शरीर क्रमशः निष्क्रिय हुँदै जान्छ ।’

बच्न के गर्नुपर्छ ?

हिटर प्रयोग गर्दा झ्यालढोका खुला राख्ने, रातभर हिटर नबाल्ने, हिटर नजिकै बस्न नहुने सुझाव डा. बमको छ। मकल, हिटर बाल्दा झ्यालढोका खुल्ला राख्दा कोठामा हावा आवतजावत गर्न पाउँछ । बाहिरको स्वच्छ र स्वस्थ हावा भित्र आउँछ र भित्रको दूषित हावा बाहिर जान पाउँछ ।

निस्सासिएर मृत्यु भएका तथ्याङ्क

तीन वर्षमा देशका विभिन्न समयमा १५ जनाको निसासिएर मृत्यु भएको तथ्यांक छ। नेपाल प्रहरीको तीन वर्षको तथ्याङ्क हेर्दा २०७६ देखि ७८ सम्म १० वटा घटना भएका छन्। जसमा १५ जनाको निसासिएर मृत्यु भएको छ भने चार जना निसासिएर अस्पताल पु¥याउँदा बाँच्न सफल भएका छन् । २०७६ सालमा आठ वटा घटना भएका छन् । जसमा १४ जनाको मृत्यु भएको छ भने तीन जना निसिसिएर अस्पताल पु¥याउँदा बाँच्न सफल भएका छन् । त्यस्तै प्रहरीका अनुसार २०७७ मा एउटा घटना भएको छ । जसमा एक जना निसासिएर अस्पताल पु¥याउँदा बाँच्न सफल भएका छन्। त्यस्तै, २०७८ सालमा एक जनाको निसासिएर मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?