logo
२०८० चैत्र १६ शुक्रवार

  किन हिजोआज इन्टरनेट ढिलाे भएको छ ?  



ज्वालामुखी विस्फाेटकाे असर होइन प्राविधिक कारण : सेवा प्रदायक

खुला |
बिज्ञान |


ज्वालामुखी विस्फाेटकाे असर होइन प्राविधिक कारण  : सेवा प्रदायक


काठमाडौं,माघ १० गते । दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फाेट असर नेपाली इन्टरनेटमा नपरेको नेपालका इन्टरनेट सेवा प्रदायकले जनाएका छन् ।
केही दिन अघि महासागरभित्र ज्वालामुखी विस्फोट हुँदा समुन्द्रमुनिका केवलहरुमा समस्या आएको बताइएको थियो ।
मुख्य रुपमा नेपालमा प्रयोग गरिने इन्टरनेट भारतबाट ल्याइने भएकाले दक्षिण प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटको असर नेपाली इन्टरनेटमा नपर्ने सेवा प्रदायकले जनाएका छन् ।
सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । तर, समुन्द्रमुनि आएको ज्वालामुखीका कारण भने नेपाली इन्टरनेटलाई असर नपार्ने उनीहरुले बताएका छन् ।
सेवा प्रदायक संस्था इन्फोकमका एक अधिकारी तिलक खड्काका अनुसार नेपालमा प्रयोग गरिने इन्टरनेट भारतबाट ल्याएर विस्तार गरिएको हुन्छ । तर,अहिले ल्याइएको इन्टरनेटमा समस्या नदेखिएकाले नेपाली इन्टरनेटमा असर नपरेको उहाँ बताउनुहुन्छ । ‘नेपालमा प्रयोग गरिने इन्टरनेटहरु भारतबाट ल्याएर वितरण गरिएको छ । अहिले त्यो इन्टरनेटमा समस्या देखिएको छैन् ।त्यसैले नेपाली इन्टरनेटमा समस्या छैन,’खड्काले भन्नुभयो ।
यस्तै अर्को सेवा प्रदायक सुबिसुका एक अधिकारीले कुनै सेवा क्षमताभन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताउनुभयो ।
सेवा प्रदायक इस्टलिङकले पनि आफ्नो इन्टरनेटमा समस्या नरहेको जनाएको छ । इस्टलिङ्कका एक अधिकारीले कुनै बेला फेसबुक, युटुब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?