logo
२०८० चैत्र १६ शुक्रवार

  सङ्खुवासभा बस दुर्घटना अपडेट  



 मृतक सङ्ख्या १३ पुग्यो, पाँच घाइतेको उद्धार

खुला |
प्रदेश |


 मृतक सङ्ख्या १३ पुग्यो, पाँच घाइतेको उद्धार


ध्यान कुलुङ
सङ्खुवासभा, फागुन २६ गते । सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा परेका ५ जना घाइतेको उद्धार गरिएको छ ।


घाइतेहरुको उपचारका लागि चैनपुर अस्पताल ल्याइएको छ । ज्यान गुमाएकाहरुको शव पनि पोष्टमार्टमका लागि चैनपुर नै ल्याइएको छ । बसमा सवारहरुको विवरण नभएकोले दुर्घटनामा पर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार बिहान करिव ७ बजे झापा दमकका लागि मादीबाट बस छुटेको थियो । उक्त बस मादी नगरपालिका ६ रामबेनीमा सडकबाट करिब ४ सय मिटर खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?