बालासुन्दरीकाे मन्दिर निर्माणले गति लिएपछि स्थानीयहरु खुसी
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
भगवानपुर गाउँपालिका–१ भगवानपुरमा रहेको धार्मिक पर्यटकीय स्थल बालासुन्दरीको मन्दिर निर्माणले गति लिन थालेपछि स्थानीयहरु खुसी भएका छन् ।
मधेस प्रदेश सरकार र भगवानपुर गाउँपालिकाको संयुक्त लगानीमा मन्दिर निर्माण र मन्दिर परिसरभित्र पर्यटकीयहरुले बस्न सक्ने आकर्षक बगैंचा र धर्मशाला समेत निर्माण भइरहेको छ ।