सेना र प्रहरी दरवन्दी स्वीकृत, जेठ २ बाट नियमित उडानकाे तयारी
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै अब सञ्चालनका लागि आवश्यक पर्ने अत्यावश्यकीय कार्यालय स्थापनाको काम अघि बढाइएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायतका अत्यावश्कीय कार्यालय स्थापनाको काम अगाडि बढाइएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिनुभयो ।