दार्चुलामा मिलमा बेरिएर एक पुरुषको ज्यान गयो
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर ज्यान गएको छ । गहुँ, मकै पिसानीका लागि सञ्चालन गरेको आफ्नै मिलको फित्तामा बेरिएर शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।