नेपाली भाषाको जन्मस्थल : कर्णाली भूमि
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
आधुनिक नेपाली भाषा वर्तमान संसारमा बोलिने भाषाहरूमध्ये एक महत्वपूर्ण भाषा हो । यो अहिले नेपालमा मात्र नभई नेपालबाहिरका भारतलगायत विभिन्न मुलुकमा बोलिन्छ । यो नेपालको प्रमुख राष्ट्रभाषा हो र यसमै सरकारी कामकाज गरिँदै आएको छ । शिक्षा, सञ्चार, प्रशासन, कानुन, व्यापार, ज्ञानविज्ञान आदि विभिन्न क्षेत्रमा यसको प्रयोग हुँदै आएको छ । भाषाले गर्ने सबै प्रकारका काम यसबाट हुँदै आएका छन् । यो भाषा आजको स्थितिसम्म आइपुग्न...