साईपाल गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
साईपाल गाउँपालिकामा आईतबार नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ । गएको साता भएको हिमपातका कारण बाटो अबरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिकामा खाद्यान्न अभाब भएपछि आईतबार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।