एक हजार परिवारलाई लालपुर्जा
गोरखापत्र अनलाइन
माघ २७, २०७८ बिहीबार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा श्रेष्ठले २०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा थन्किएका लालपुर्जा वितरणलाई प्राथमिकतासाथ अघि बढाएको बताउनुभयो ।