इलामको लेकाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
लगातारको हिमपातले इलामको सन्दकपुरलगायतका उच्च क्षेत्रको जनजिवन कष्टकर भएको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ, टङलु लगायतका क्षेत्रको जनजिवन कष्टकर भएको हो । यी क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।