एक दशकपछिमा सल्यानमा भारी हिमपात
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
सल्यानका माथिल्नो क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन कष्ठकर बनेको छ । जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको हो । उच्च क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा निरन्तर वर्षा भएका कारण चिसो निकै बढेको छ ।
यहाँका बाफुँखोला, बुराँसे, जथाक, खर्सुबास, बथान, पातिहाल्न, निगालचुला, कुमाख लगायतका स्थानमा बाक्लो हिमपात भएको छ ।
बाक्लो हिमपातका कारण घरबाहिरबाट निस्कन समस्या भएको बागचौर नगरपालिका –९ बथानका मदन शर्माले बताउनुभयो...