मसान्तसम्म भिडभाड हुने कार्यक्रम नगर्न प्रशासनको निर्देशन
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
लमजुङमा माघ मसान्तसम्म कुनैपनि भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न नपाइने प्रशासनद्वारा रोक लगाइएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले भिडभाड हुने र अन्य सबै प्रकारका कार्यक्रमहरु सञ्चालनमा रोक लगाएको हो ।