निर्वाचन मिति घोषणाको माग गर्दै ज्ञापनपत्र
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट भातृ संगठनहरुले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । रुपन्देहीमा क्रियाशील एमाले निकट २१ वटा भातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।