आठ बर्षमा पनि पुल निर्माण सम्पन्न भएन
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
तीन बर्षमा निर्माण सम्पन्न हुनुपर्ने डोटीको शिखर नगरपालिका – १० स्थित सेती नदिमा निर्माण भइरहेको आरसिसी पुलको काम आठ बर्ष भइसक्दा समेत २० प्रतिशत काम मात्र पुरा भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपियाँ लागतमा निर्माण हुने भनिएको तीन सय २० मिटर लामो सो आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।