वैध अवैध हातहतियार चैत मसान्तसम्म बुझाउन प्रशासनको निर्देशन
गोरखापत्र अनलाइन
चैत्र १८, २०७८ शुक्रबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै बाँके प्रशासनले चैत मसान्त भित्र हातहतियार बुझाउन जिल्लावासीलाई निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचन भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यले वैध तथा अवैध हातहतियार बुझाउन निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।