निर्वाचन लड्ने तयारीमा कैलालीका महिला जनप्रतिनिधि
गोरखापत्र अनलाइन
चैत्र १७, २०७८ बिहीबार
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा कैलालीमा स्थानीय तहका अधिकांश महिला जनप्रतिनिधिले आगामी चुनावमा उम्मेदवार बन्ने बताएका छन् । कैलालीका १३ वटै स्थानीय तहमा उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा एक कार्यकाल बिताइरहेकाले कार्यकाल सकिनै लाग्दा पुनः चुनाव लड्ने बताएका हुन् । शुरुको कार्यकाल र नयाँ अभ्यास भएको बताउने उनीहरुले पाँच वर्षमा गर्न नसकिएका कार्यहरुलाई अर्को कार्यकालमा पूरा गरेर देखाउने...