खानेपानी टंकी बनेको १२ वर्षसम्म उपभोक्ताको घरमा पानी पुगेन
गोरखापत्र अनलाइन
चैत्र १६, २०७८ बुधबार
पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको बैरिहवामा खानेपानी टंकी निर्माण सम्पन्न भएको बाह्र वर्ष पुग्दा पनि उपभोक्ताको घरमा खानेपानी पुगेको छैन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय परासीले रामग्राम नगरपालिका ४ बैरिहवामा बनाएको खानेपानी टंकी निर्माण सम्पन्न भएपनि पानी घरमा लग्न नसकेको रामग्राम खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष रामकुण्डल यादवले बताउनुभयो । खानेपानी तथा सरसफाई डिविजन कार्यालय परासीले २०...