logo
२०८१ माघ ८ मंगलवार



एकीकरण महाअभियान

विचार/दृष्टिकोण |




प्रा.डा.बद्रीविशाल पोखरेल

पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वमा तमाम नेपाली नरनारीले आवश्यक योगदान र बलिदान नगरेको भए नेपाल स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न देश हुने थिएन । त्यसैले नेपाल र नेपाली हुन पाएको गौरव गर्ने सर्वाधिक ऐतिहासिक महìवको विषयलाई कुनै पनि देशभक्त नेपालीले उपेक्षागर्न सक्तैन । बहुभाषी, बहुभेषी, बहुधार्मिक तथा बहुसांस्कृतिक जनताका बीच एकताबद्ध गराउने अभियान नै शाहको एकीकरण अभियानको सर्वाधिक महìवपूर्ण पक्ष हो ।
शाहले एकीकरण अभियान विरोधी देशी र विदेशी शक्तिहरूलाई परास्त गरेर एकीकरण अभियान सफल पारेका हुन् । काठमाडौँ, पाटन र भक्तपुरका मल्ल राजाहरू एकीकरणका विरुद्ध थिए । उनीहरूले त्यसबेला नेपालमा रहेका पादरीहरू मार्फत भारतस्थित तत्कालीन इस्टइण्डिया कम्पनी सरकारको सैन्य सहयोगमा एकीकरण र यसका अभियन्ता शाह विरुद्ध षडयन्त्रपूर्ण गतिविधि गरेको थाहा पाएर शाहले त्यस गतिविधिलाई बेलैमा परास्त गरे । जननायक तथा भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालालाई प्रधानमन्त्री र राष्ट्रपति बनाइदिने लोभ देखाएर नेपालमाथि बाह्य हस्तक्षेप गर्न खोजेको इतिहासबाट नै यस्तो षडयन्त्र थाहा हुन्छ । तर नेपाललाई सिक्किमीकरण हुनबाट जोगाउन ज्यानको बाजी लगाएर निर्वासित जीवन बिताइरहेका कोइराला नेपाल फर्कनुभएको थियो । राष्ट्रको अस्तित्वलाई सर्वोपरि राखेर कोइराला लोभ लालचमा पर्नुभएन । अनेक प्रलोभनमा नेपाली नेताहरूलाई पारेर देशलाई विखण्डनमा पार्ने प्रयत्न अहिले पनि जारी रहेको देखिन्छ । बल्लबल्ल निर्माण भएको स्थिर, स्थायी, देश र जनताको उत्थानका लागि क्रियाशील सरकारलाई अपदस्थ गर्न लागि अधैर्य भएर लागि पर्ने केही नेताहरूको संदिग्धचरित्र र चिन्तन दिनानुदिन प्रकट हुँदै गएको देखिन्छ । कम्तीमा राष्ट्रिय एकता, अखण्डता र स्वअस्तित्वको सुरक्षाका सवालमा सबै पार्टीहरू एकताबद्ध हुने चेतना नजागेसम्म विभाजनको भोलिका दिन पनि हुनसक्ने देखिन्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण सम्पन्न भएपछि देशलाई अंशबण्डा गर्नुपर्छ भन्ने आफ्नै भाइहरूलाई चार भञ्ज्याङबाट निष्कासन गरेका थिए । राजदरबार, प्रमुख पार्टीहरू र सरकारको अन्तर्विरोधमा खेलेर आफ्ना प्यादाहरूमार्फत ध्वंश गर्ने परिपाटी निरन्तर जारी देखिन्छ । यसमा दीर्घकालीनरूपमा देशलाई नै अस्थिरता, अराजकता र अन्योलको अन्धकारमा फसाउने दुर्नियत देखिन्छ । यसको पछिल्लो कडी वर्तमान नेपालको तरल राजनीतिक अवस्था हो । अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले
‘अन चाइना’ पुस्तकमा अङ्ग्रेजलाई सिन्धुलीगढीमा नरोकेको भए उनीहरूको मनोबल बढ्ने थियो र तिनीहरू चीन पुग्ने थिए भनेका छन् । यसको मतलव त्यस्तो अवस्थामा नेपालको अस्तित्व त रहने नै थिएन । यही कुरालाई बेलैमा गम्भीर रूपमा महसुस गरेर विगतमा मात्र होइन, भावी दिनमा पनि पृथ्वीनारायण शाहले देशको ‘सन्धीसर्पन् हेरि गडि तुल्याई राख्न र रस्ता रस्तामा भाँजाहालि राख्न’ निर्देशन गरेको दिव्योपदेशमा उल्लेख छ । अर्थात्, भारतलाई कब्जामा लिइरहेको इष्ट इण्डिया कम्पनी सरकार कुनै न कुनै दिन नेपालमाथि आइलाग्नेछ भनेका हुन् । अहिले पनि नेपाली र भारतीय जनताबीच सुमधुर सम्बन्ध रहे पनि कम्पनी सरकारको औपनिवेशी विरासत बोकेको भारतीय शासक नेपालप्रति नव औपनिवेशी सोचले ग्रस्त देखिन्छ ।
शाहलाई सबै नेपालीलाई ‘आ आफ्ना कुलाधर्म मान्नू’ भनेर धार्मिक तथा सांस्कृतिक विविधतालाई आत्मसात् गरेको देखिन्छ । उनले आफ्ना जात, धर्म, संस्कृतिअनुसार विशेषको कर्म गर्ने विशेष व्यवस्था गरुँला भनी व्यक्त मनसाय बुझ्नु जरुरी हुन्छ । उनले आफूले रुचाएका विराज बखेतीलाई काजी बनाएनन् बरु दुनियाँ वा आमजनताले रुचाएका तथा ज्यादा बुद्धि भएका कालु पाण्डेलाई काजी नियुक्त गरे । यस्तो सकारात्मक पक्षलाई प्रजातान्त्रिक तथा वाम भनिने नेताहरूले नजर अन्दाज गर्न नमिल्ला ।
शाहले दक्षिणी बादशाह वा छिमेकसित घाहा अर्थात् मैत्री त राख्नू तर त्यो महाचतुर छ, एक दिन त्यो नेपालमाथि आउन्या छ भनेका थिए । अहिले सदनमा विचारधीन नागरिकतासम्बन्धी खुकुलो विधेयक पारित भयो भने सन् २०३० सम्ममा नेपालको दुई नम्बर प्रदेश दक्षिण छिमेकमा गाभ्ने देशी र विदेशी षडयन्त्र भइरहेको खुलासा प्रा.डा. युवराज संग्रौलाले एक टेलिभिजनसँगको अन्तर्वार्तामा बताउनुभएको थियो । केही प्रधानमन्त्रीले भारतको भ्रमण गर्दा छिमेकी शासकको स्वार्थअनुसार नेपालको संविधान संशोधन गर्छौं भनेको सजिलै बिर्सन सकिन्न । उनी सांस्कृतिक क्षेत्रमा वैदेशिक अतिक्रमणका विरुद्ध रहेको पनि स्पष्ट हुन्छ । यसको एक उदाहरण दिव्योपदेशमा उल्लेख गरिएको देखिन्छ – ‘‘तिनै सहर नेपालको नेवारहरूको नाच झिकाइ हे¥या पनि हुन्छ । इनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भयाआफ्नु देस
गमन रहन्छ ।”
उनले विदेशी महाजनहरू हाम्रा मुलुकमा आए भने देशलाई कङ्गाल पारी छाड्छन् भन्दै स्वदेशीउद्यमी र उद्यम व्यवसायलाई राज्यले पूर्णतःप्रोत्साहन र संरक्षण गर्नुपर्छ भनेर के गल्ती गरे ? शाहले नेवारी ÷स्वदेशी उत्पादन र कला, साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्ने कुरामा जोड दिएका थिए । त्यसैले उनले विदेशका कपरा (कपडा) लगाउने कुरालाई निरुत्साहित गरे । स्वदेशी कपडा उत्पादनको सीप र सिपालुको संरक्षण गर्दा देश समृद्ध हुने कुरा सुझाए त के बिगारे ? ‘आफ्ना देशको जिनिस् जरिबुटि विदेश पैठारी’ गरेर आर्थिक समृद्धि हासिल गर्ने उपदेश दिए ।
पृथ्वीनारायण शाहमा भ्रष्टाचार विरोधी उच्च चेतना थियो । उनले पूर्व पश्चिमको बाटो बन्द गरी नेपालको आफ्नै बाटो बनाउने योजना रहेको बताएर यसको बहुआयामिक दूरदर्शी अर्थ जाहेर गरेका छन् । अदालतमा ठकुरीलाई डिट्ठा, मगरलाई विचारी र कचहरीपिच्छे एकएक पण्डित राखी न्याय निसाफ गर्नू भनेर तात्कालिक योग्यताअनुसार समावेशी नियुक्तिमा जोड दिएको देखिन्छ । उनले अदालत वा न्याय क्षेत्रको पैसा दरबारभित्र नहाल्नू पनि भने । पृथ्वीनारायण शाहले भूउपयोग सम्बन्धी उचित नीति निर्देशन दिव्योपदेशमा गरेका छन् । त्यसैले उनले खानी भएका ठाउँमा गाउँ भए त्यस गाउँलाई अन्य स्थानमा सार्नु र खानी चलाउनू भने । उनले खेत खलियान र बारी बन्नलायक जग्गामा घर नबनाउनू, बरु त्यहाँबाट घरबार अन्तै सारी उब्जाउ भूमिलाई संरक्षण संवद्र्धन गरी मुलुकलाई खाद्यान्नका दृष्टिले धनी बनाउन विशेष ध्यान दिनुपर्ने उपदेश दिए । यी सबै उनका मात्र नभएर उनी आफैँले अपनाएको जीवन व्यवहार हो । तर यो शताब्दीको पुस्ताले उतिखेरको दृष्टिसमेत राख्न सकेको छैन ।
इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो ‘किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास’ कृतिमा राजा पृथ्वीनारायण शाहले सैन्यबलले मात्र देश विजय गरेको नभई कूटनीतिक ज्ञान प्रयोग गरी पूर्व किराँत देश विजय गरेको बताएका छन् ।
विश्वका राष्ट्र एकीकरण गर्ने तत्कालीन सम्राट्÷नायकलाई तत्तत् देशका सारा जनताले उच्च आदरका साथ स्मरण गर्छन् । पृथ्वीजस्ता विश्वप्रसिद्ध राष्ट्रिय उच्च चेतनाका गौरवशाली उदाहरण हुँदाहुँदै पनि हामी किन बहकिएर आफ्नै गौरवशाली ऐतिहासिक धरोहर प्रति धारे हात लगाइरहेका छौँ ? यसबाट राष्ट्रवादी उच्च चेतनाको समृद्धि हुन सक्तैन । जब संस्कृति सकिन्छ, त्यहाँ राष्ट्र पनि रहँदैन । आयातीत संस्कृतिको भरिया भएर नेपाली राष्ट्रवादी चेतनाको उत्थान पनि हुन सक्तैन । तसर्थ नेपाल एकीकरणका अभियन्ता, दूरदर्शी, साहसी नायक तथा बहुआयामिक व्यक्तित्व पृथ्वीनारायण शाह र यस महाअभियानका समस्त योद्धा सहयोद्धा नेपाली वीर वीराङ्गनाको स्मृतिमा र योगदानलाई बर्सेनि स्मरण गर्न थालियो । यसको अगुवाइ डा. मोदनाथ प्रश्रितजस्ता महामानवले एक्लो वृहस्पतिजस्तो गरिरहनुभयो । यसकै प्रभावमा अहिले नेपाल एकीकरण तथा पृथ्वीनारायण शाहको महत्ता उजागर हुन सकेको हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहलाई अतिवादी र अन्धवादी आँखाले मात्र हेर्नु ठूलो भूल हुन्छ । शाहले सरदर राजा महाराजा र नेताभन्दा पनि महानतम काम गरेका हुन् ।
पृथ्वीनारायण शाह एकातिर पुर्खाका जनहितका महìवपूर्ण कार्यबाट प्रभावित र उत्प्रेरित बनेका थिए भने अर्कातिर उनमा भावी पुस्ताका लागि अझ महìवपूर्ण योगदान दिने अदम्य इच्छा पलाएको देखिन्छ । यसरी ऐतिहासिक परम्पराबाट प्रभावित बनेका शाहले विभाजन र विखण्डनका कारण अत्यन्त पीडित प्रताडित बनेका जनताको एकताबद्ध हुने भावनालाई साकार र सार्थक रूप दिनका लागि अगाडि बढे । उनले नेपाल एकीकरण अभियानमा अडिग भएर नेतृत्वदायी भूमिका सफलताका साथ निर्वाह गरे । इतिहासका मूल्यवान पक्षलाई आधार बनाएर त्यसका जगमा एकीकरणको सर्वाङ्गीण पक्षमा लाग्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । यसका लागि आफ्नो आधार भूमिमा उच्च मनोबलका साथ उभिनु जरुरी छ । आफैँ उभिएको जग खोस्रिएर कुनै पनि मानिसले आफूले टेक्ने भुईं पाउन सक्तैन । इतिहासको गर्भबाट जन्मिएकाहरूले ऐतिहासिक गौरवगाथालाई कुनै हालतमा बिर्सन सक्तैनन् । यसको मर्म, महìव, गौरव र गरिमाको जगेर्ना गरेर मात्र अग्रगति र प्रगति गर्न सकिन्छ । इतिहासलाई भत्काएर इतिहास निर्माण हँुदैन । स्वर्णिम इतिहासले निर्माण गरेका धरोहरलाई स्थापित गर्दै त्यसमाथि सगर्व उभ्भिएर मात्र हाम्रो उचाइ बढ्न सक्छ ।
(लेखक त्रिवि प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?