प्रा.डा.बद्रीविशाल पोखरेल
नितान्त निजी स्वार्थ रक्षक र भक्षकको गठबन्धन तुरुन्त बन्छ किनकि तुरुन्त हाताहाती आर्थिक, भौतिक शुभलाभ प्राप्त हुन्छ । देश, जनताको स्वार्थका निम्ति लाग्नेहरू सुरुमा धेरै हुँदैनन् र तिनीहरू त्यति छिट्टै सङ्गठित हुन सक्तैनन् तर जब उपयुक्त सत्यलाई स्थापित गरिन्छ, आफू मिटाई अरूलाई दिने सोचका मानव एकजुट हुन्छन् ।
पेटू मानवले महामानवलाई समयमै चिन्दैन । यस्ता महान् व्यक्तित्वलाई सही रूपमा चिनाउने उदात्त चिन्तन र चरित्रका मानवको अभाव पनि हुन्छ । पठित तर कपटी चेतका मानिस समाजलाई योगदान दिने प्रतिभालाई आवश्यक मलजल गर्नेभन्दा त्यसलाई विस्थापित गर्ने कर्ममा लाग्छन् । त्यस्ता व्यक्तित्वलाई बाचुन्जेल अनेकखालका आरोप प्रत्यारोप र आक्षेप लगाउन ठूलै जत्था एकजुट एकमुख हुने गरेको पनि देखिन्छ । संस्कृत सूक्तिमा पाइन्छ– मृगाः मृगै संगमुपव्रजन्ति ....अर्थात् मृगसित मृग, मूर्खसित मूर्ख, विद्वान्सित विद्वान्को मेलजुल सजिलै सम्भव हुन्छ । नेपालीमा पनि भेडा भेडासित भनेझैँ वैचारिक, सैद्धान्तिक, सिर्जनात्मक तथा शैक्षिक विषय क्षेत्रका व्यक्तित्वहरू तिनका गहन ज्ञान ग्रहण गर्ने जनशक्ति कम हुँदा यसै पनि ओझेल पर्छन् र पर्ने गरेका छन् । अझ कतिपय सहकर्मी, सहयोद्धाको प्रतिभा देखेर आरिसले जल्छन् र सदा खेदो खनिरहन्छन् । यसको सिकार जननेता मदन भण्डारी पनि हुनुभएको छ ।
सैद्धान्तिक चरम अवसरवादीले मदन भण्डारीको अगुवाइमा माक्र्सवादको प्ुनः सृजन गरिएको जनताको बहुदलीय जनवाद (जबज) लाई सुरुमै मनोगत आरोप र आक्षेप लगाए भने पछि गएर जबजको राप, ताप, प्रतापमा सुदृढ र सबल बनेको वाम राजनीति र नेपालको राजकीय पदमा पुग्दा जयगान गरे । तर, पछिल्लो अवधिमा त्यही जबजको औचित्य समाप्त भएकोजस्ता चरम वैचारिक अवसरवादी तथा दरिद्रतम सोच राख्न थाले । यस्ता विषयमा मदनले भनेझैँ उपर्युक्त खाले अतिवादी चिन्तनविरुद्ध निर्ममतापूर्वक बहस गरिदिने लेखक, वक्ता तथा अभियन्ताको कमी भयो । त्यसकारण जननेता मदन भण्डारीलगायत महान् प्रतिभा ‘जोग्राफिकल मिस्टेक’ जस्तै भएका छन् । यस लेखकको जानकारीमा रहेअनुसार कुशल सङ्गठक जीवराज आश्रितले साथ समर्थन नगरेको भए मदन तत्कालीन माले पार्टीको स्थायी समिति सदस्य समयमै बन्न पाउनुहुने थिएन र पछि गुटगत सङ्कीर्ण सोच हाबी हुँदा केपी ओलीलाई झैँ मदनलाई उतिबेलै दरकिनार पारिरहने थिए ।
आदत र आग्रहका कारण समयमै कतिपय मानिस गुण र गुणीलाई आदर कदर गर्न सक्तैनन्, जान्दैनन् तथापि इतिहासले तिनलाई घिसारेर पाठ पढाएको देखिन्छ । सकारात्मक ईष्र्याबाट मात्र कुनै पनि मानिसले जसकसैका पनि प्रगतिबाट केही न केही सिक्छ र आफू पनि केही न केही उन्नति गर्ने प्रण गर्छ तर नकारात्मक ईष्र्या गर्नेहरू सदा दाह्रा किटेर बस्छन् र रिस खा आफू गर्छन् । नेपालजस्तो लामो समय पछौटे संस्कार संस्कृतिमा रतिएको देशमा अनेकखालका आग्रहको रजाइँ छ । जात, भात, नाक, नश्ल, भूगोल र प्रवरका आधारमा विभाजितमध्येका कतिपय बाहुन कमरेडहरू थर, गोत्रका सङ्कीर्ण घेरामा लठारिएको देख्दा अचम्म लाग्छ । आफूलाई आजीवन रूपान्तरण गरिरहेर पनि राम्ररी रूपान्तरित नभएका कतिपय ‘कमरेड’हरू माथिल्लो तहमा मात्र होइन, तलतल पनि सहयात्रीको रिस र डाहाले भुतुक्क भएको देखिन्छ ।
एकताका उग्रवाम विचारका पक्षपाती जननेता मदन भण्डारी माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विषयमा गम्भीर भएर लाग्नुभयो । उहाँले कार्ल माक्र्सले भन्ने गरेको श्रमिक वर्गको मुक्ति उनीहरू स्वयम्ले जितेर लिनुपर्छ भन्नुभएको अन्तर्य केलाउनुभयो । यसरी केलाउँदा उहाँले क्रान्ति वा आन्दोलनमा आमजनताको सैद्धान्तिक वैचारिक सचेततालाई सर्वोपरि देख्नुभयो । आन्दोलन पार्टी र केही नेताको ठाडो आदेश निर्देशबाट तल थोपर्ने विषय होइन भन्ने यथार्थ सत्य मनन गरेर हामी मुक्तिदाता होइनौँ मुक्ति प्राप्तकर्ता जनता स्वयम् हुन् भन्नुभएको छ । यस कुरालाई माओले विभिन्न प्रसङ्गमा सविस्तार उल्लेख गर्नुभएको छ । माओले यसो भन्नुभएको छ, ‘जनता नव्युँझीकन, उनीहरूको इच्छाविपरीत बल र बन्द्ुक प्रयोग गरेर युद्ध सफल हुँदैन । अझ जनताले अघि बढ्ने माग गर्दा अघि बढेनौँ भने त्यो दक्षिणपन्थी अवसरवाद हुन्छ । युद्धमा निर्णयक तŒव जनता हुन् ।’ त्यसैले मदनले आन्दोलन, सङ्घर्षलाई कलात्मक हस्तक्षेप भन्नुभएको हो ।
थोरै क्षतिबाट बढी उपलब्धि हासिल गर्न आमजनतालाई सचेत र सङ्गठित गरी पार्टीवरिपरि गोलबन्द गर्नुपर्छ । तर, वाम उग्रवादी अतिवादी तŒवले आन्दोलन, सङ्घर्ष वा युद्धमा कुरूप हस्तक्षेप गर्दा नेपालमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा धेरै ठूलो नोक्सानी बेहोर्नुपरेको छ । अर्को दाहिने अतिवाद वा दक्षिणपन्थी अवसरवाद कम्युनिस्ट आन्दोलन नै विसर्जन गर्ने कारक बनेको छ ।
मदनमा उच्च तहको नेतृत्वदायी चिल्लापाते लक्षण युवा विद्यार्थीकालमै पाइन्थे । वनारसमा अध्ययन गर्दाताका नै सुप्रसिद्ध साहित्यकार पूर्ण प्रकाश नेपाल ‘यात्री’सितको पहिलो औपचारिक भेटवार्तामा मदनले एउटा सशक्त तथा प्रभावशाली व्यक्तिमा एक होइन, दस विशेषता र क्षमता अपरिहार्य हुन्छ भन्नुभएको थियो । हुन पनि मदनले प्रतिभाशाली विद्यार्थी आफ्ना कान्छा भाइ कैलाश भण्डारीलाई डाक्टरी पढ्न विदेशी कोटामा पढ्न पठाउन आफ्नै पार्टीका मन्त्रीलाई भनसुन गर्न गराउन कत्ति मन पराउनुभएन । अर्थात् आफ्ना रसनाता, घरपरिवार र आफन्त भनेर मदनले कुनै अवसर दिने मान्यता राख्नुभएन । एकैजनालाई पटक–पटक राजनीतिक नियुक्ति दिनेभन्दा पार्टीलाई प्रतिभाको फूलबारी बनाउन उद्यत हुनुहुन्थ्यो उहाँ । पार्टी र मोर्चा सङ्गठनमा योग्यमध्ये योग्यतम नेतृत्व स्थापित गर्न लागिपर्नुभएको थियो । उहाँमा अनावश्यक रूपमा आवेश, अहम् र आक्रोश पाइँदैनथ्यो । तर, जस्तालाई तस्तै गर्न भने उहाँ खप्पिस हुनुहुन्थ्यो ।
जननेता मदन भण्डारीले संसारबाट पलायन भइरहेको कम्युनिस्ट आन्दोलनको झन्डा देशव्यापी रूपमा फहराइदिनुभयो । जुन बेला नेपालका केही उग्रतप्काका कम्युनिस्टहरू दुलामा पसेका थिए, मदनले पार्टीलाई खुला मैदानमा उतार्नुभयो । कम्युनिस्ट पार्टीलाई एउटा बैसाखीको भरमा टेकाएर राख्नुपर्छ भन्ने चमढी जोगाउने कायर मतलाई अटेर गरेर पार्टी देशव्यापी बनाउनुभयो । अहिले पनि केही कम्युनिस्ट नामका पार्टी बैसाखीको भरमा लड्खडाइरहेको पेन्डुलम दृश्य देखिन्छ ।
जतिबेला मदन मात्रात्मक उपलब्धिका लागि लडिरहनुभएको थियो उग्रवादी त्यसविरुद्ध भाँडबखान गरिरहेका थिए । जतिबेला मदन नेपाली जनताको मुख्य शत्रु राजशाही पञ्चायतविरुद्ध आन्दोलनको अगुवाइ गरिरहन्ुभएको थियो, त्यतिबेला उग्रवादी तप्का मुख्य शत्रुकै परोक्ष समर्थन गरिरहेको थियो । किनकि नजानेर र बढी जान्ने भएर मुख्य शत्रुको सेवा उग्रतप्काले गरेको देखिन्छ ।
जतिबेला जनता सडकमा सङ्घर्षरत थिए त्यतिबेला उग्रवाम प्रवृत्ति सडकपेटीमा रमिता हेरेर उल्टो व्यङ्ग्य गर्थे । कार्ल माक्र्स र माओले भनेझैँ फेरिएको परिस्थितिअनुसार आफूलाई फेर्न नसक्ने वा नचाहने यो तप्का कम्युनिस्टका नाममा कठमुल्लावादमा रमाइरहेको थियो । जबजका राप, ताप र प्रतापले कम्युनिस्टलाई लगाएका तमाम फत्तुर आरोप र आक्षेप सदासदाका लागि समाप्त भए, नत्र उग्रवादी तप्कालाई उपयुक्त भ्रम निवारण गर्न अरू धेरै वर्ष लाग्ने थियो । उग्रवादी तप्काले पुष्पलालले लिएको संयुक्त जनआन्दोलनको नीति समयमै बुझेर तदनुसार चलेको भए देश र जनताले ३० वर्ष दुःख पाउने थिएनन् । ०४६ सालको संयुक्त आन्दोलनमा सामेल भएको भए शक्ति सन्तुलनमा ठूलो फेरबदल आउने थियो । प्राप्त उपलब्धि केही नदेख्ने अनि अहिले हिजोको आज जनगणतन्त्रको वैज्ञानिक समाजवादको नारामात्र फलाकेर जनता अलमल्याउनुबाहेक के हुनेछ
र ? अहिलेसम्म वाम उग्रवादले कम्युनिस्ट आन्दोलनलाई क्षति, यथास्थिति र ध्वंश गर्नेबाहेक अरू के गरेको छ ? एक मन बोक्न सक्नु छैन, क्वीन्टल बोक्ने धम्की कसले पत्याउला ?
जबजले आर्थिक राजनीतिक अधिकारसहितको समाजवादको रूपरेखा स्पष्ट गरेको छ । जबज नेपालीमात्र होइन, यो युगको माक्र्सवाद हो । फेरि यो माक्र्सवाद अनुकूल र सङ्गत छ । फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई कार्ल माक्र्सले सुल्ट्याइदिएको हो, टाउकाले टेकेको दर्शनलाई खुट्टाले टेकाइदिएको हो ।
कम्युनिस्ट भनेरमात्र हुँदैन । भारतीय माक्र्सवादी नेता ज्योतिबसुले मदनलाई औपचारिक रूपमा कलकत्तामा भेट गर्दा मित्र देशको मित्र पार्टीको नेताको हैसियतमा भेटघाट गर्नुभएन । यसको अर्थ भौगोलिक आकारका आधारमा देश, जनता र नेतालाई कथित कम्युनिस्टले नै पनि हेप्ता रहेछन् । सामन्तवादी संस्कृतिबाट ग्रस्त तथा निम्न पुँजीवादी चिन्तक नेपालका कम्युनिस्टहरू पार्टीका नाममा एउटा–एउटा नाङ्ले पसल फिँजाएर बसेका छन् । किनभने भुरेटाकुरे भए पनि राजा त हो नि ! यही लेखक नेकपा चौमबाट प्रवेश गरेको हुँदा पछिल्लो अवधिमा गिरिराजमणि पोखरेल मेरा घरमा मलाई पार्टीको वा साँस्कृतिक मोर्चाको माथिल्लो तहमा बसेर काम गर्न सल्लाह गर्न उहिले नै आउनुभएको थियो तर ठाडै भनेँ– अब म खोलाखोल्सीतिर लाग्दिनँ, सबैभन्दा सबल पार्टी पूर्वमाले वा एमालेलाई सघाइयो भने उपलब्धि समयमै पाइएला । कुरोको चुरो यही हो । अब मदनलाई ‘जोग्राफिकल मिस्टेक’ गर्न खोजे पनि कसैको जोर चल्दैन । किनकि जबज कति सबल रहेछ भन्ने विगतले देखाइसकेको छ । तथापि अझै पनि मदनकै पार्टीको माथिल्लै तहमा जबजप्रतिको सैद्धान्तिक सुझबुझ र काम कमजोर रहेको देखिन्छ । जबजअनुसार राम्रो काम पनि नराम्रो तरिकाले होइन, सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ । यसअनुसार प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा पार्टीभित्र पनि बहस चलाउनुपर्छ । जबजले नै क्रान्ति सम्पन्न गर्नका निम्ति बाटोको हिसाबले वर्ग समन्वय÷वर्ग सम्झौता होइन वर्गसङ्घर्ष नै मूल र आधारभूत कुरा मानेको छ ।
जान्दा वाम उग्रवादलाई सजिलो छ । मैदान सफा छ । कम्युनिस्टप्रतिका तमाम आरोप मदन र जबजमार्फत समाप्त भएका छन् । बरु उग्रवाम गतिविधिले आफैँ उग्रवाद फन्दामा परेको देखिन्छ । यत्तिका वर्ष क्रान्तिका लप्फाजी गरे पनि काम भने शून्य बराबर देखिन्छ । एक दिन यसखालको उग्रवाद समूल समाप्त हुनेछ । कथित वाम नामका लप्फाजीको कुनै काम छैन ।
सापेक्ष र निरपेक्षको अनि सकार र नकारको पाठ घोक्ने उग्रवाद विगत सरकार र अहिलेको सरकारका कामलाई तुलना गरेर हेर्न बुझ्नै चाहँदैन । हे¥यो बुझ्यो भने वाम उग्रवाद ठाउँको ठाउँ थला पर्छ । र, रिसले मर्नै पनि सक्छ । तर, जननेता मदन भण्डारी र जबज अमर रहनेछन् ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)