हाउ याङ्छी
गरिबी मानव समाजको असाध्य रोग हो । गरिबी उन्मूलन मानव जातिको पहिलेदेखिको सपना हो । विश्वको सबैभन्दा ठूलो विकासशील देशका रूपमा रहेको चीनले जिउने अधिकार र आत्मविश्वासको अधिकारलाई सबैभन्दा महŒवपूर्ण मानवअधिकार र जनताको जीवनस्तर उकास्ने र जनताको सुख समृद्धिको व्यवस्था गर्न‘लाई आफ्नो प्रारम्भिक उद्देश्य मान्दै आएको छ । विशेषगरी विगत आठ वर्षदेखि चीनले गरिबी उन्मूलन कार्यलाई आफ्नो राज्य शासनको अति महŒवपूर्ण स्थानमा राख्दै आएको छ र गरिबीविरुद्ध जनयुद्ध नै सञ्चालन गरी त्यसमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
केही समयअघि गरिबीविरुद्धको युद्धको निष्कर्ष तथा सम्मानसभामा चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको महŒवपूर्ण घडीमा चीनको गरिबीविरुद्धको युद्धमा पूर्ण सफलता मिलेको छ भनी गौरवपूर्ण घोषणा गर्नुभयो ।
अहिलेको मानकअनुसार नौ करोड ८९ लाख ९० हजार गरिबीको रेखामुनिका ग्रामीण जनता गरिबी रेखाभन्दा माथि पुगेका छन् । ८३२ वटा काउन्टीको विशेषणका रूपमा रहेको “गरिबी’’ शब्द हटेको छ, एक लाख २८ हजार गरिब गाउँहरू पनि गरिबीबाट मुक्त भएका छन् । चीनले निरपेक्ष गरिबी उन्मूलन गर्ने विशाल एवम् कठिन कार्य पूरा गरी इतिहासमा मानवीय चमत्कार प्रस्तुत गरेको छ । नेपालसँग सीमा जोडिएका तिब्बत स्वशासित क्षेत्रका ७४ वटा गरिब काउन्टी, छ लाख २४ हजार गरिबीको रेखामुनिका जनता सबै सन् २०१९ मा गरिबीमुक्त भएका छन् भन्ने कुरा थाहा पाउँदा मलाई धेरै खुसी लागेको छ । सन् २०२० को अन्त्यमा अल्पसङ्ख्यक जातिका जनताले बसोवास गर्ने सिन् चियाङ ऊग्वेर स्वशासित क्षेत्रमा पनि पूर्ण रूपले गरिबी उन्मूलन भएको छ । यसरी गरिबीको रेखामुनिबाट माथि पुग्ने जनताको सङ्ख्या ३० लाख ८९ हजार रहेको छ । चिनियाँ जनताको गरिबी उन्मूलनको युद्धमा प्राप्त भएको ठूलो विजयले मलाई खुसीका साथसाथै यी केही कुराको विशेष अनुभव भएको छ–
पहिलो, चीनको राज्य व्यवस्था र राज्य संरचनाले गरिबी उन्मूलनमा निर्णायक भूमिका खेलेको हो । राष्ट्रपति सी चिन फिङ स्वयम्ले नै गरिबी उन्मूलन सम्बन्धमा निर्देशन, व्यवस्थापन र सुपरीवेक्षणको शृङ्खलाबद्ध महŒवपूर्ण आदेशहरू दिनुभएको थियो । विभिन्न प्रान्त, स्वशासित क्षेत्र र महानगरहरूका पार्टी तथा सरकारका प्रमुखहरूले पार्टीको केन्द्रीय समितिलाई गरिबी उन्मूलन गर्ने प्रतिज्ञापत्र ज्ञापन गरेका थिए; देशका सम्पूर्ण जनताले संयुक्त रूपमा गरिबी उन्मूलनको युद्ध घोषणा गरेका थिए; सम्पूर्ण देश एक भई एकसाथ युद्ध लडेको थियो । हामीले चीनको गरिबी उन्मूलनसम्बन्धी कार्यमा पूर्वी र पश्चिमी भू–भागको जोडी मिलाएर सहयोग गर्ने व्यवस्था मिलाएर समन्वय गरेका थियौँ, यसबाट गरिब भू–भागमा जनशक्ति, पुँजी एवम् प्रविधि प्रवाह भएको थियो । सम्पूर्ण देशको विभिन्न तहमा गरिबी उन्मूलनका लागि छुट्याइएको रकम १६ खर्ब युयान थियो, कुल दुई लाख ५५ हजार ग्रामीण आवासीय कार्य टोलीहरू, ३० लाखभन्दा बढी पार्टी एकाइ सचिव र ग्रामीण आवासीय कार्यकर्ताहरू गरिबीग्रस्त क्षेत्रहरूमा खटाइएका थिए । तीमध्ये करिब ४० जना परराष्ट्र मन्त्रालयका मेरा सहकर्मीहरू पनि थिए ।
दोस्रो, गरिबी उन्मूलनको सूक्ष्म एवम् सही नीतिले गरिबीविरुद्धको युद्धमा नयाँ शक्ति थपेको थियो । हामीहरूले विकासको माध्यमद्वारा गरिबी घटाउने तथा गरिबीको अवस्था र कारण दुवैको उपचार गर्ने नीति लिएका थियौँ । स्थानान्तर गरी गरिबी उन्मूलन गर्ने, व्यावसायिक उत्पादनद्वारा गरिबी उन्मूलनमा सहयोग पु¥याउने नीति पनि निर्माण गरेका थियौँ, जसबाट पटक–पटक बाहिरबाट “रगत दिनुपर्ने अवस्था’’ बाट अहिले आफ्नै शरीरमा “रगत बनाउने’’ क्षमताकोविकास भएको छ ।
सन् २०१५ देखि देशभर व्यावसायिक उत्पादनद्वारा गरिबी घटाउने १० लाखभन्दा बढी परियोजनाहरू तर्ज‘मा गरिएका थिए । प्रत्येक गरिबीग्रस्त काउन्टीमा दुई÷तीनवटा विशेषतायुक्त, गरिबी घटाउन विशेष प्रभावकारी व्यवसायीहरू तर्ज‘मा गरिएका थिए । ९६ लाखभन्दा बढी पञ्जीकृत गरिब जनतालाई व्यवस्थित रूपमा स्थानान्तर गरिएको थियो । जनताले देशको नीति व्यवस्थाको उपभोग गरी आफ्ना मेहनती दुई हातले आफ्नो भाग्य परिवर्तन गरेका थिए ।
तेस्रो, राष्ट्रिय नीतिको बहुपक्षीय कार्यान्वयनले गरिबीविरुद्धको युद्धका लागि महŒवपूर्ण बल प्राप्त भएको थियो । विगत आठ वर्षमा हामीले अत्यन्त कडाइसाथ परीक्षण र मूल्याङ्कन गरी गरिबी निवारण कार्यमा रहँदै आएको भ्रष्टाचार र अनाचारको समाधान ग¥यौँ । “स्वच्छ पानी हरिया पहाड नै धन–सम्पत्तिका पहाड हुन्’’ भन्ने मान्यता बनाई हामीले गरिबी घटाउने कार्यमा सदैव हरित विकासलाई समावेश गरी आर्थिक विकास र वातावरणीय रक्षा दुवैलाई एकसाथ व्यवहारमा उता¥यौँ ।
उदाहरणका लागि ११ लाखभन्दा बढी गरिब जनता वनरक्षक पदमा नियुक्त गरी स्वच्छ पानी र हरिया पहाडको सुरक्षाका लागि खटाइए । राज्यले शिक्षा, स्वास्थ्य एवम् चिकित्सा, वृद्ध भरण आदिमा मिल्ने परिपूरक नीतिहरू पनि ल्याएको हुँदा गरिबी पुनः दोहोरिने अथवा गरिब अवस्थामै फर्किने अवस्था आउनबाट रोक्न सम्भव भयो र जनजीवनमा आएको सुधारलाई दिगो रूपमा
विकास गर्न सकियो ।
चौथो, चीनले यसरी निरपेक्ष गरिबी उन्मूलन गर्नु अन्तर्राष्ट्रिय गरिबी घटाउने महान् कार्यका लागि एक महŒवपूर्ण योगदान हो । चीनमा सुधार तथा खुलापनको नीति अवलम्बन गरिएयतादेखि विश्व बैङ्कको अन्तर्राष्ट्रिय गरिबीको मापदण्डअनुरूप चीनबाट गरिबी निवारण गरिएको जनसङ्ख्या सोही समयावधिमा विश्वबाट गरिबी निवारण गरिएको जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी रहेको छ । मानव जातिको साझा भाग्यको समष्टिको अवधारणासाथ चीन सक्रिय भई अन्तर्राष्ट्रिय गरिबी घटाउने सहकार्यमा लागेको छ । विश्व बैङ्कको एक प्रतिवेदनअनुसार “बी आर आई’’अन्तर्गतको सहकार्यले करिब ७६ लाख मानिसलाई अत्यन्त गरिबीबाट माथि उकास्नेछ भने तीन करोड २० लाख मानिसलाई मध्यमस्तरीय गरिबीबाट माथि उकास्नेछ ।
मलाई यो कुरा थाहा भएर धेरै खुसी लागेको छ– संयुक्त राष्ट्रसङ्घ विकास नीति कमिसन (आयोग)ले केही समयअघि नेपाललाई पाँच वर्षको तयारी अवधिपछि विश्वका सबैभन्दा अविकसित मुलुकको सूचीबाट हटाएर विकासशील मुलुकको सूचीमा सम्मिलित गरेको छ । सम्पूर्ण विश्वको आर्थिक अवस्थामा कोभिड महामारीको गम्भीर असर परिरहेको अवस्थामा नेपालले यस्तो उपलब्धि हासिल गर्न‘ अवश्य पनि सानो र सजिलो कुरा होइन, यो नेपाल सरकार र नेपाली जनताको संयुक्त प्रयासको
परिणाम हो ।
यस उपलब्धिका लागि म हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु । राजनीतिक स्थिरताको रक्षा गर्दै आर्थिक सामाजिक विकासलाई केन्द्र बनाई जनजीवनमा निरन्तर सुधार ल्याई “समृद्ध नेपाल सुखी नेपाली’’को लक्ष्य प्राप्तिका लागि नेपाली जनताले मेहनत गर्नेछन् र सन् २०३० मा नेपाललाई मध्यमस्तरीय आययुक्त राष्ट्र बनाउने लक्ष्यतर्फ अगाडि बढ्नेछन् भन्ने शुभकामना व्यक्त गर्छ‘ । यस प्रक्रियामा चीन सधैँ नेपालको विश्वसनीय र भरपर्दो सहयोगी सहकर्मी रहिरहनेछ ।
(लेखक नेपालका लागि चीनका राजदूत हुनुहुन्छ ।)