logo
२०८१ माघ ११ शुक्रवार



गर्भावस्थामा दन्त उपचार

विचार/दृष्टिकोण |




डा. दिपेश अधिकारी

दन्त स्वास्थ्य भन्नाले दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो । दन्त स्वास्थ्यमा दाँत, गिजा, ओठ, दाँत बस्ने घरहरू, हड्डी, च्यापु, जिब्रो, जिब्रो मुनिको भाग, दाँत र गाला वा ओठबीचको भाग र मुख खोल्न वा बन्द गर्न प्रयोग गरिने जोर्नी आदि पर्छन् । मुख तथा मुखभित्रका भागहरू अत्यन्त जटिल र संवेदनशील छन् र यिनको स्वस्थता दिमाखदेखि मुटुसम्मको स्वस्थतासँग प्रत्यक्ष गाँसिएको हुन्छ । मुखभित्र हुने हजारौँ ससाना ¥याल ग्रन्थीहरू र यिनले उत्पादन गर्ने ¥याल धेरैथरिका किटाणु, जीवाणु, विषाणुको भण्डार हुन् । त्यसैले समयमै मुखको स्वास्थ्य उपचारमा ध्यान दिनुपर्छ । दन्त चिकित्सकले मुख तथा गिजामा आउने समस्याहरूको समाधान गर्ने र समस्यालाई जटिल हुन नदिन रोकथामका उपायहरू प्रदान गर्ने भएकाले यस्तो समयमा उनीहरूसँग परामर्श लिनुपर्छ ।
मुख स्वास्थ्यप्रति अझै मानिसमा चेतनाको विकास भइनसकेका कारण अनेक समस्या उत्पन्न भई पछि विभिन्न जटिल समस्याहरू आउने गर्छ । त्यसमा पनि गर्भवती महिलाहरूले मुख स्वास्थ्यप्रति त्यति संवेदनशील भएको पाइँदैन । अझ ग्रामीण क्षेत्रका महिलामा यसबारे चेतनाको अभाव र उपचार गर्ने ठाउँको अभावका कारण विभिन्न जटिलता भोग्नुपरेको देखिन्छ । नियमित दन्त सफाइ खोजी गर्नु गर्भावस्थाको बेला धेरै महìवपूर्ण छ ।
गर्भावस्था महिलाको अत्यन्त संवेदनशील समय हो । यस्तो बेला शरीरका अन्य भागको जस्तै मुखको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने हुन्छ । यो समयमा महिलामा एउटा नयाँ जीवनको विकासका साथै विभिन्न शारीरिक परिवर्तनहरू सिर्जना हुन्छन् र यी परिवर्तनहरूले मुखको स्वास्थ्यलाई पनि असर गर्छ । महिलामा गर्भावस्थामा शरीरभित्र हर्मोनको मात्रामा उतारचढाव आउँछ, जसको कारणले शरीरको विभिन्न भागमा असर पु¥याउँछ । त्यसमध्ये एक दाँत तथा मुखसम्बन्धी स्वास्थ्य पनि हो । यही कारणले गर्दा महिलाहरूले यो समयमा आफ्नो दाँत तथा मुखको स्वास्थ्यको हेरविचारमा ध्यान पु¥याउनुपर्ने हुन्छ ।
मुखमा आउने परिवर्तन
गर्भावस्थामा शरीरमा प्रोजेस्टेरन र स्ट्रोजेन हर्मोनको मात्रा वृद्धि हुन्छ र सोही हर्मोनहरूको उत्तरचढावले गर्दा गिजा सुन्निने गर्छ । आहारमा आउने परिवर्तन जस्तैः खानाको तृष्णा बढ्ने र धेरै गुलियो पदार्थ खानाले गर्भवस्थामा दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ । पायोजेनिक ग्रानुलोमा गिजाको बाहिरी भागमा आउने एउटा रातो गोलो प्रकारको डल्लो हो, जसलाई विस्तारै छुँदा पनि धेरै रगत निस्कन्छ । यो समस्या पनि माथि उल्लेखित दुई हर्मोनको मात्रा नमिल्दा उत्पन्न हुन्छ । बच्चा जन्मिसकेपछि यो समस्या आफैँ हराएर जान्छ । गर्भावस्थामा बिहानीपख हुने वाक्वाकीले गर्दा दाँतको केही भागको इनामेल खिइन्छ । यस्तो अवस्था हुन नदिन वाक्वाकी हुँदा आउने अमिलो पानी हटाउन नुन पानीले कुल्ला गर्नु राम्रो हुन्छ ।
गर्भावस्थाको अवधिलाई तीन भागमा विभाजन गर्न सकिन्छ ।
पहिलो त्रैमासिक (१–१२ हप्ता) ः यो समयमा बच्चाको अङ्गहरू बनिरहेको हुन्छ । यस्तो अवस्थामा अनावश्यक हस्तक्षेपले गर्भपतन गराउन सक्छ । सोही कारणले गर्दा यस अवधिमा अत्यावश्यक बाहेकका अरू दन्त उपचारहरू गरिँदैन ।
दोस्रो त्रैमासिक (१३–२४ हप्ता) ः यो समयलाई अरू दुई समयभन्दा सुरक्षित मानिन्छ र दाँतसम्बन्धी संरचनाको उपचार गर्ने गरिन्छ । जस्तै ः दाँत निकाल्ने, भर्ने, जरैदेखि उपचार गर्नेजस्ता उपचारहरू पर्छन् । यस्ता उपचारहरू यो समयमा कम जोखिमका साथ गर्न सकिन्छ ।
तेस्रो त्रैमासिक (२५–४० हप्ता) ः यो समयमा आमालाई दन्त उपचारका लागि उपचार कक्षमा आवश्यक स्थानहरू लिन सजिलो हुँदैन । बच्चा गर्भमा हुर्किसकेको हुन्छ र बच्चा जन्माउने समय आउन लागेको हुन्छ । यदि एक गर्भवती महिलालाई यो समयमा दन्तकुर्सीमा धेरै लामो समयसम्म ढाडपट्टि थिचेर राख्यो भने गर्भमा अवस्थित बच्चाको वचनले आमाको शरीरको महìवपूर्ण ठूलो धमनीलाई थिच्छ र जसले गर्दा आमाको मुटुमा कम रगत पुग्न गई अन्ततः बच्चामा पनि कम रगत पुग्छ । यसैले गर्दा यो समयमा दन्त उपचार गर्नै परेमा आमालाई अर्धढलन तरिकाले बायाँपट्टि पल्टाई उपचार गर्नुपर्छ ।
गर्भावस्था र एक्सरे
गर्भावस्थामा एक्सरे गर्नाले गर्भपतन, जन्मदोष तथा मानसिक अशक्तता गराउन सक्छ । सोही कारणले गर्दा एक्सरे गराउनु अघि गर्भवती रहेको वा नरहेको र पछिल्लो महिनावारीसम्बन्धी जानकारी लिनुपर्छ । केही कारणले गर्दा एक्सरे गर्न अत्यावश्यक परेमा विभिन्न उपयुक्त सावधानी अपनाएर मात्र गर्नु पर्छ । जस्तैः घाँटीदेखि तलको भागमा लिडको कवज (लिड सिल्ड) लगाउन सकिन्छ ।
रोकथामका उपायहरू
गर्भवती महिलालाई गर्भावस्थामा मुखमा आउने परिवर्तनको ज्ञान र त्यसबाट बच्ने उपायहरूको जानकारी दिनुपर्छ । नियमित रूपमा दिनको दुईपटक दाँत माझ्ने, डेन्टल फ्लसको प्रयोग गरी दाँतको बीचमा रहेको खाना निकाल्ने र गिजा सुन्निएमा मनतातो पानीमा थोरै नुन राखी कुल्ला गर्ने । दाँत माझ्न नरम ब्रस प्रयोग गर्नुपर्छ ।
गुलियो कुरा धेरै नखाने र खाइसकेपछि सफा पानीले कुल्ला गर्नुपर्छ ।
टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग र मद्यपान गर्नुहुँदैन ।
प्रसस्त मात्रामा फलफूल र सागसब्जी तथा माछामासु र क्याल्सियम भएको खानेकुराहरू खानुपर्छ । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अँकुराउँदै गरेका गेडागुडी, मूला, गाजर, बन्दागोबी, सखरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गर्नु दाँतका लागि उत्तम मानिन्छ । रेशादार, ताजा फलफूल, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोगले पनि दाँत स्वस्थ हुन्छ ।
गर्भवस्थामा अत्यावश्यकबाहेक दन्त उपचार नगर्ने । जस्तैः दाँतमा तार बाँध्ने, दाँत चम्किलो बनाउने, नक्कली दाँत राख्ने, जटिल र लामो समय लाग्ने उपचारहरू नगर्ने । यस्ता उपचारहरू गर्नु परेमा प्रसूति भइसकेपछि गर्न सकिन्छ । पखाला वा वान्ता भयो भने दाँतलाई एसिडको हमलाबाट बचाउन फ्लोराइडेटेड माउथवाश प्रयोग गर्न सकिन्छ । दाँतको दुखाइमा कुनै औषधि खानु परेमा दन्त चिकित्सकको परामर्शमा मात्र खाने गर्नुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?