logo
२०८१ माघ ७ सोमवार



नैतिकताका विविध आयाम

विचार/दृष्टिकोण |




भीमदेव भट्ट

पृथ्वीमा मानिसका साथै विभिन्न प्राणीको उपस्थिति छ । मानिससँग विवेक रहने भएकाले उसलाई सर्वश्रेष्ठ प्राणीको दर्जा दिइएको हो । यसको अर्थ सबै मानिस समान किसिमका हुन्छन्, सबैले कानुनको कल्पना गर्छन्, सबै अनुशासित हुन्छन् भनी तर्क नगरिएको पनि होइन । समाजमा सज्जन र दुर्जन दुवै स्वभावका मानिस हुन्नन् । शिक्षा, देश, सज्जनको सङ्गत, शिक्षाले दुर्जन मानिसलाई पनि सज्जन तुल्याउन सकिन्छ । शिक्षा सज्जनको व्यक्ति र समाजमा विद्यमान मूल्य नैतिकताले राज्यको चिनारी प्रस्तुत गर्छ । सामाजिक मर्यादा, शालीनता, कठोर परिश्रमको पालनाबाटै राष्ट्रमा विकास र समृद्धि हासिल गर्न सकिन्छ । पछिल्लो समयमा नैतिक शिक्षाको ज्ञान शिक्षण संस्थामा दिन छाडिएको छ । यसै कारण तेस्रो मुलुक (कम विकसित)का जनसङ्ख्यामा नैतिकताकै स्तर क्रमशः खस्कँदै गएको पाइन्छ । अधिकारको कुरा गर्ने तर कर्तव्यको पालना नगर्ने व्यवहार छरपष्ट देखिन्छ । नैतिकताको आवश्यकता निजामती सेवा, वित्तीय संस्था, राजनीति गैरसरकारी संस्था सुरक्षा, नागरिक समाजका साथै व्यक्ति विशेषमा समेत उत्तिकै खस्केको छ । अत. नागरिकताको पालनामा सम्बन्धित सबै क्षेत्रको ध्यान जानु जरुरी छ । आदर्श पुरुषको आधिक्यता र प्रभावकारिता हुँदा आदर्श राष्ट्रको निर्माण गर्न सकिन्छ । नैतिकताले असल, खराब, ठीक बेठीक, उपयुक्त अनउपयुक्त, सही गलतबीचको भिन्नता दर्शाउन सहयोग पु¥याउँछ । विवेकी समाज र राष्ट्रकै सम्पत्ति हुन् ।

नैतिकताका स्रोतहरू
मानिस सामाजिक प्राणी भएकाले उसले समाजमा प्रचलित मूल्य मान्यता अनुशरण गर्छ । यस्ता ठूला मान्यतामा अनेकन विविधता पाइन्छ । परम्परा धर्म, संस्कृति, रीतिरिवाज, जाति आदिका आधारमा समेत सामाजिक मूल्य मान्यता फरक हुन्छन् र प्रचलित मूल्य मान्यतालाई स्वीकारी व्यक्ति, समाज आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । प्रचलित मूल्य मान्यता विपरीत निर्णय लिनमा अथवा कार्य गरिएमा जनताले त्यसको विरोध गर्छन् । नैतिकतालाई निर्देशित गर्न धर्म, संस्कृति र कानुनी आधार अपनाइएको छ
धर्म
धर्म नैतिकताको एक महŒवपूर्ण र पुरानो स्रोत हो । अनुशासनको एक अङ्गका रूपमा समेत स्वीकारिएको पाइन्छ । धर्मले समाज सञ्चालनका लागि दिशा निर्देश गर्छ । के गर्नु हुन्छ, के गर्नु हुँदैन, के ठीक हो, के बेठीक हो ? भन्ने उल्लेख गरिएको हुन्छ । व्यक्ति अथवा समाजले यसका विधि विधान अनुशरण गर्छन् । विश्वमा करिब एक लाखभन्दा बढी धर्म प्रचलनमा रहेको र सबै धर्म मान्न समाजको कल्याणका लागि कार्य गर्न अपिल गरेको पाइन्छ । धर्मको सन्देश सबैमा सकारात्मक रहेकाले धर्म पालन गर्ने व्यक्ति समाजलाई नैतिक बन्न उत्प्रेरित हुन्छ । धर्मबीच ती विपरीत कार्य किन ?

संस्कृति
संस्कृतिले परम्परादेखि अवलम्बन गरिँदै आएको मूल्य मान्यता, प्रचलन र व्यवहारको जानकारी दिन्छ । संस्कृतिको मूल्य, मान्यता ढुङ्गे युग, कृषि युग र औद्योगिक युगमा भिन्न पाइन्छ । विभिन्न युगमा प्रचलित संस्कृति फरक रहेको र समयको परिवर्तनसँगै परिमार्जन भएको छ । नाचगान, बाजागाजा, गुठी, व्यवहार, संस्कारले संस्कृतिको प्रतिनिधित्व गर्छन् । सनातनको चालिआएका यस्ता परम्पराले समाजलाई एक आपसमा आबद्ध गर्नुका साथै भाइचारा गर्छ । संस्कृति सभ्यता र सम्पन्नताको
धरोहर हो ।

कानुनी आधार
देशको संविधानलाई मूल कानुन हो । यसको अनुशरण गरी राज्य सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न ऐन नियम जननिर्विाचित संसद्बाट पारित गरिन्छ । संसद्मा जनप्रतिनिधिहरूले पारित गरेका यस्ता कानुनले राष्ट्र र सम्पूर्ण जनताको हितमा काम गर्छ । विकास निर्माण कार्य सहयोग पु¥याउँछ । संविधान, कानुन निर्धारित कार्य गरेमा दण्डको भागी हुनुपर्छ । कानुनको पालना सबैले अनिवार्य रूपमा गर्नुपर्ने भएकाले त्यसको अज्ञानता हुँदैन भनिएको हो । दैनिक प्रशासन सञ्चालनका लागि विभिन्न कानुन निर्माण गरिन्छन् । यही कानुनको परिधिमा रही सम्बन्धित सेवा समूहको सञ्चालन गरिन्छ । सरकारी निकायको साथै राजनीतिज्ञ, संस्था, वित्तीय संस्था आदिले समेत कानुन निर्माण गरी आफ्नो गतिविधि सञ्चालन गर्छन् । नियम विपरीत कार्य गरे, गराएमा व्यक्ति र संस्था दण्डको भागी तुल्याइन्छ ।

नैतिकताको आयाम
नैतिकता विषयले बृहत् दायरा ओगटेको छ । यो विषय व्यक्ति, विधा अथवा संस्था विशेषसित मात्र सम्बन्धित छैन । यो बहुआयामिक विषय हो । अमूक व्यक्ति अथवा संस्थामा यी नैतिक गुण हुनुपर्छ ः १) राजनीतिक २) प्रशासनिक ३) न्यायिक ४) संस्थागत ५) व्यावसायिक ६) सञ्चार ७) वातावरणीय ८) व्यापारिक ९) सुरक्षा १०) धार्मिक नैतिकता । यी सबै क्षेत्रका राजनीतिक, प्रशासनिक र न्यायिक नैतिकतालाई विशेष महŒव दिइएको छ । राजनीति सबै नीतिको माउ नीति भएकाले सिद्धान्ततः अडिग हुन सकेको देखिन्न । सिद्धान्तभन्दा पद र पैसा प्राप्त गर्ने होड छ । आस्था सक्किएको छ । सिद्धान्तमा अडिग रहन नसक्नेले नेतृत्व प्राप्त गर्न र दिन सक्दैनन् । नैतिकता उपदेश दिने शिवाय होइन । मानिसहरूको आस्था राजनीतिमा क्रमशः खस्कँदै गएको पाइन्छ । नैतिकतामा अडिग रहन नसक्दा राजनीतिज्ञले जनाएको भएका लागि विभिन्न निर्माणका कार्य गर्न सक्दैनन् । नैतिकता उपदेश दिने विषय नभई अनुभव गर्नुपर्ने भएकाले राजनीतिक पार्टी र नेतृत्वले आफ्नै सिद्धान्तमा अडिग रहनु आवश्यक छ ।
व्यवस्थापिका पारित नियम कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको हो । अतः प्रशासन जनताको सेवामा सदा समर्पित हुनै पर्छ । प्रशासकले आचारसंहिताको पालना गरी निर्मल प्रशासन सञ्चालन गर्नुपर्छ । यसैगरी अदालत समेत निष्पक्ष रही छिटो छरितो न्याय प्रदान गर्नुपर्छ । अदालतमा गरिएको न्याय ठीक नभए न्याय नदिए सरह हुने भएकाले न्यायमूर्तिहरूले कानुनसम्मत कार्य गर्नुपर्छ । ठूलालाई चैन, सानालाई ऐन पुष्टि हुनु हुँदैन ।
नैतिकताको उपस्थिति विभिन्न सङ्गठित संस्थामा पनि रहनुपर्छ । राष्ट्रले जनहितमा पारित गरेका निति नियम र मापदण्डको अनुशरण सबैले गर्नुपर्छ । हरेक जगत्ले समेत नैतिकताको अक्षरस पालना गर्नुपर्छ । गलत सूचनाले समाजमा कस्तो सन्देश जान्छ भन्ने विषय बोध गर्नु आवश्यक छ । नैतिकताको दायरा व्यापार, सुरक्षा, धार्मिक गतिविधि र वातावरणीय पक्षबाट हेर्दा दिगो विकासको भावना अनुरूप प्राकिृतिक स्रोत साधनको उपयोग कसरी गर्ने भनौँ विषयमा ध्यान पु¥याउनु जरुरी छ । विगतमा हाम्रा पुस्ताले हामीलाई कस्तो रूपमा राष्ट्र र समाज सुम्पिए ? त्यस्तो मात्र होइन कि विगतको भन्दा धेरै राम्रो व्यवस्थित र परिमार्जित राष्ट्र र समाज भावी पुस्तालाई सुम्पेर जानुपर्छ भन्ने भावना अनुरूप प्रत्येक नागरिकले नैतिकवान भई राष्ट्रको उत्थानमा भान पु¥याउनु आवश्यक छ । भनाइले होइन गराइले परिवर्तन गर्न सकिन्छ ।

(लेखक वरिष्ठ प्रशासनविद् हुनुहुन्छ)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?