अशोक सोेकी
हर मनुष्यको चाहना राम्रो लाउने, खाने, बस्ने अन्य सुखसुविधा लगायत हर चिजमा राम्रै होस् भन्ने हुन्छ । प्रक्रियाले राम्रो मात्र होइन नराम्रो पनि ल्याउँछ । हर प्राणीहरू स्वाभाविकै रूपमा राम्रो हुँदा खुसी नराम्रो हुँदा दुःखी भइरहेका छन् । त्यस्तै राम्रो उच्च पद बहाली गर्ने वित्तिकै जो कोही पनि स्वाभाविकै रूपमा खुसी हुन्छ, चाहे भोलि त्यसको परिणाम जेसुकै होस् । अहिलेको जमाना चाकडी गर्नेले अर्थात् निकटताको आधारमा मात्र उच्च पद पाउने गरेकाले क्षमताविहीन व्यक्तिले पद बहाली गरिरहेका छन् । अझ उच्च पदको निम्ति लुछाचुँड, हानथाप गर्ने अक्षम र अयोग्यको हातमा पद पर्नाले पदको दुरुपयोग हुन थाल्छ । पदमै मानसम्मान र भौतिक सुविधाले गर्दा उच्च पदमा जिद्दीको जितबाजी गर्ने भएको हो ।
राम भगवान्को पालामा एउटा कुकुरलाई एउटा माग्नेले पिट्दा त्यो कुकुर पिट्नेलाई कारबाही स्वरूप एउटा प्रदेशको मुख्यमन्त्री बनाइयो । त्यो कुकुर पूर्वजन्ममा त्यही प्रदेशको मुख्य मन्त्री थियो । उच्च पदमा धेरैजसो काम सहधर्मभन्दा अधर्म गर्ने भएकोले पापकर्म हुन पुग्छ । पापकर्मको सजाय भोग्नुपर्छ भनेर उच्च पद दिइएको हो ।
उच्च पद योग्यता, इमानदारी र क्षमताका आधारमा पाउने भए सही ठाउँमा सही कार्यान्वयन हुन्थ्यो । कदर पनि विद्वान्ले नै पाउँथ्यो । मानिस विद्वान् हुने प्रयत्न गर्छन् । अहिले पदको दुरुपयोगले गर्दा अक्षमको हातमा पद पुगेपछि पदासीन अयोग्यलाई योग्य व्यक्तिले विवश भएर सम्मान गर्न परिरहेको छ । उच्च ज्ञानभन्दा उच्च प्रमाण–पत्र अतुलनीय सम्पत्ति आजको मानवसमाजको मानसिकता बनेको छ । यो अकुशल चित्तको उच्च मूल्याङ्कनले अनुचितहरूले अवसर लिन पाइरहेका छन् ।
वासनाले लिप्त भएको अकुशल चित्त हुने जोकोही उच्च पदमा पुगे पनि नीच विचारले व्यक्ति–लगायत प्रशासकै बदनाम भएको हुन्छ । यो सबै चित्तले गर्दा हुने हो, चित्तले व्यक्ति दानव, मानव, देवतासम्म बन्न पुग्छ । चित्तमा कुशल चित्त, अकुशल चित्त, विपाक चित्त, क्रिया चित्त, कुशल चित्त हुनेले दीन दुःखीप्रति करूणा दया गरी सेवा भावमा सहयोग गर्छ । अकुशल चित्तमा रिसराग द्वेष हुन्छ काम पनि त्यस्तै गर्छ । विपाक चित्त भूतकालको परिणाम भोगिरहेको क्रियाकलाप हुन् । भगवान् बुद्धले पनि बुद्धत्व प्राप्त गरिसकेपछि १२ वटा विपाक भोग्नुभएको थियो । विपाक भनेको खाना पकाउँदा खाना झिकिसकेपछि त्यस भाँडोमा रहेको कस (खोतर) लाई पोख्नुजस्तै जीवनमा जानीनजानी गरेको गल्तीलाई विपाकद्वारा भोग गरी पखाल्ने हो । क्रिया चित्तले नयाँ काममा लागेर गरिरहेको नयाँ किसिमले धर्म अर्थात् पाप कार्य शुभारम्भ गर्ने क्रिया चित्तमा पर्छ ।
धर्म, प्रतिष्ठा, सुख, आनन्द, आमाबुवालाई सेवा, पे्रमिकाको मायामध्ये कुनै छान्नुप¥यो । आजकाल धेरैले सबैभन्दा नछान्ने आमाबुबालाई गर्नुपर्ने सेवा होला । तर क्रियाचित्तलाई बुझ्ने हो भने सबै कुरा आमाबुबालाई सेवा गर्नुमा नै पाइन्छ । आमाबुबाको सेवा गर्दा मनमा आफूलाई पृथ्वी देखाइदिने सम्झेर सेवा ग¥यो भने नपाउने के छ ? आमाबुबाको कृपाबाट यो संसारमा आएर, राम्रो नराम्रो अवलोकन गरेर राम्रो काम गर्न सक्ने प्राणीमध्ये श्रेष्ठ चेतना भएको मानवजन्म पायो । यो सौभाग्यको कुरा हो । आफू हुञ्जेल देवता पूजा गर्न पाइन्छ आमा बुबालाई सधँै सेवा गर्न पाइँदैन । यो मौका नचुकाइ सेवा गर्नुपर्छ भनी जो लागिपर्छ उसले धर्म पायो । धर्मको साथमा समाजमा इज्जत हुन्छ, यस्तो व्यक्तिलाई यो ज्ञानी मान्छे रहेछ भनी प्रेमिकाले पनि इज्जत गरी माया गर्छन् । इज्जत, माया भएपछि मनमा शान्ति हुन्छ । यसबाट सुख हुन्छ, सुखमा सन्तोष हुन्छ । आत्मा सन्तोषबाट आनन्द हुन्छ ।
अहिले उच्च पदका लागि नीच विचार गरी मनुष्यबाट मनुष्यको मारकाट गरिन्छ । अनावश्यक कुरामा जिद्दी गरेर जितबाजीमा महìवपूर्ण समय नाश गर्दा भोलि पश्चात्ताप भई त्यही बेचैनको भारी हुन पुग्छ । जिद्दीको जितबाजीमा सत्य युगमा हिराणक्ष र हिरण्यकशिपु, त्रेतायुगमा कंस, द्वापरयुगमा रावण, कलियुगमा हिटलर पतन भएका थिए । जिद्दीको जितबाजीले अनावश्यक तनाव ल्याउँछ, एकपछि अर्को हुँदै समस्या खडा हुन्छ, जीवन यसरी नै अस्तव्यस्त हुँदै असफलतामा परिणत हुन्छ । सुन्दर जीवन सुखसयल र आनन्द प्राप्त गर्न छलकपटरहित स्पष्ट व्यवहारबाट आत्मसन्तुष्टि गर्न जिद्दीको जितबाजीदेखि पर भएर आत्मसन्तुष्टि लिनुपर्छ ।
(लेखक धर्म, संस्कृति अध्येता हुनुहुन्छ ।)