logo
२०८१ मंसिर १४ शुक्रवार



उर्वराशक्तिको ऊर्जा

विचार/दृष्टिकोण |




अशोक शोकी

हरेक प्राणीको शरीरमा जीव, आत्मा भएकोले जीवात्मा भनिएको हो । जीवात्मा हुन शरीरमा प्राण हुनुपर्छ । प्राण रहिरहन शरीरको मुख्य अङ्गहरू स्वस्थ हुन जरुरी छ । शरीर स्वस्थ रहे मात्र जीवन रहने यो महìवपूर्ण जीवनलाई बचाउन शरीर स्वस्थ राख्न जरुरी छ ।
यो मानव शरीर पाँच आयामले बनेको छ । अन्न खाएर बनेको हुनाले अन्नमय कोष, जुन हामी भौतिक शरीरको रूपमा पाइरहेका छौँ । मनमय कोष, मानसिक शरीर प्राणमय कोष भनेको ऊर्जा शरीर हो । यो तीन प्रकार भौतिक शरीर हो, अभौतिक विज्ञानमय र आनन्दमय हुन् । शारीरिक, मानसिक, ऊर्जा, भौतिक, सबै सही रूपमा छ भने शरीरले आनन्दमय पाउन सकिन्छ । शरीर जीवन हो, जीवन बाँच्नका लागि अन्नको आवश्यकता पर्छ । अन्न माटोबाट उब्जनी हुने र अन्तमा यो शरीर मिल्ने माटोमै हो । माटो र हाम्रो शरीरको एकआपसमा अनौपचारिक रूपमा मेल छ ।
श्रीकृष्ण भगवान्ले पनि माटो खाएको बेला यशोधराले माटो झिक्न खोजेर आँ गर्न लगाइन् । भगवान्ले मुख बाएर आँ गरी सारा ब्रह्माण्डको दर्शन दिनुभयो । यसको अर्थ यो ब्रह्माडमा जे छ हाम्रो शरीरमा पनि छ भन्न खोजेको छ । त्यसैले शरीर र यो पृथ्वीको तालमेल मिलाउनका लागि एकआपसमा सम्पर्कमा रहिरहन यो प्रकृतिसँग रहिरहनुपर्छ । हाम्रो शरीरसँग पाँच तìव शरीर बाहिर प्रकृतिसँग तालमेल हुन जरुरी छ । हाम्रो शरीरमा ७२ प्रतिशत पानी, पृथ्वीको भाग १२ प्रतिशत हावाको भाग ६ प्रतिशत, अग्निको भाग ४ प्रतिशत, आकाशको भाग ६ प्रतिशत, भएको शास्त्रलगायत वैज्ञानिकको भनाइ रहेको छ । यो पाँच तìव धर्तीसँग तालमेल राख्नाले यो शरीरको पञ्चतìव सक्रिय भएर नियमित प्रक्रिया स्वविवेकबाट सञ्चालन भइरहेको छ । जब हाम्रो शरीर यो पञ्चतìव सही तरिकाले काम गर्छ यसबाट हामीलाई रोग लाग्न दिँदैन । जब हामी यो धर्तीबाट अलग हुन्छौँ, यो पञ्चतìव बिस्तारै निष्क्रिय हुने भएकोले कमजोर हुँदै आफ्नो प्रक्रिया छोड्दै ल्याउँछ ।

आजकाल शहरी क्षेत्रका मानिस जाडोमा घरको भान्छालगायत बैठकमा समेत जुत्ता लगाउने गर्छन्, माटो छुनु त परै जाओस । त्यसैले आजकाल शरीरमा अनेक प्रकारको रोग बोकेर बस्नु परेको कारण हामी प्रकृतिका पञ्चतìवबाट टाढिदै छौँ । व्यापार–व्यवसाय, राजनीतिक, कला क्षेत्र, विभिन्न कामबाट प्रकृतिसँग टाढा हुनुपरेको छ । हुन त शहरी क्षेत्रमा जग्गाको अभावले पनि हुन सक्छ, माटोमा एकछिन टेक्न पनि गाह्रो छ । टायल र कार्पेटमा भने सजिलै टेक्न पाइएको छ । हाम्रो शरीर रोग लाग्न बनेको होइन, रोग हामी आफैँ निम्त्याउँछौँ । वृद्धमा शरीरको अङ्गहरू थोत्रो, फुस्रो भएपछि रोग लाग्नु स्वाभाविकै हो । हाम्रो शरीर एउटा यन्त्रजस्तै एउटा अङ्ग हो अङ्ग पुरानो भएपछि यन्त्रमा सामान बिग्रेजस्तै शरीरको अङ्ग पनि केही न केही निष्क्रिय भएर असन्तुलित हुन जान्छ । गाउँको तुलनामा शहरका हरेक मानिस बालकैदेखि रोग बोकेर आएका छन्, रोगविहीन मान्छे भेट्नै मुस्किल छ । माटोमा उर्वराशक्ति हुनाले शरीरमा ऊर्जाशक्ति बढाउने भएकोले शास्त्रमा पनि शरीरमा माटो दले राम्रो हुन्छ भनिएको छ । जो उर्वराशक्तिबाट वञ्चित हुन्छ ऊ रोगबाट विमुख हुन कठिनाइ भएको छ । त्यसैले हामीले हप्ताको एक–दुईचोटि माटो छुन करेसाबारीमा गोडमेल गर्नु अथवा नाङ्गै खुट्टाले घाँसका चौरमा हिँड्नु शरीरका लागि किफायत छ । माटोको उर्वराशक्तिबाट ऊर्जाशक्ति बढाउने भएकोले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । माटै खाने श्रीकृष्ण भगवान् पनि १२० वर्ष बाँच्नुभएको थियो । अहिलेका अवस्थामा पनि गाउँघरका बालबच्चालाई आमाबुबाले खेल्न लगाई काममा लागिपरेका हुन्छन् । बच्चाले थाहा नपाई माटैमा खेली माटै खाने गरेका हामीले देखेका छौँ ।
घाम, पानी, प्रकृति दृश्यसँग आसेपासे भएर शरीरलाई ऊर्जाशक्ति बढाई शरीरलाई स्वस्थ र प्रशन्न गर्न सकिन्छ । ध्यान, जपतप ऊर्जा शक्तिले गर्दा आत्माबल बढ्छ । मठ–मन्दिर सकारात्मक मान्छेहरू ज्ञानी बुद्धिजीवीहरूसँग बस्दा सकारात्मक ज्ञानका कुराबाट सकारात्मक ऊर्जा सम्प्रेषण हुन्छ । नकारात्मक मान्छेसँग अनावश्यक छलफलमा ऊर्जाशक्तिको क्षमता घट्छ । हामीले लगाएको लुगा नधोएसम्म कपालमा ऊर्जाशक्ति बसेको हुन्छ । त्यसैले हामीले कसैलाई आफ्नो लगाएको लुगा दिँदा अथवा फ्याल्दा पनि धोएर मात्र दिनुपर्छ । ऊर्जाशक्ति साथमा बस्ने भएकोले नकारात्मक मान्छेले भेट्यो भने यसलाई दुरुपयोग गरिदिने डर हुन्छ । आजकाल मानिस मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालमा झुमेर आफ्नो शरीरलाई प्रकृतिदेखि अलग भइरहेका छन् । शरीरको नियमित प्रक्रिया निष्क्रिय भएर अनेक रोग लागेका छन् ।
पहिला ऋषिमुनिहरू हठयोगद्वारा मोबाइल–टेलिभिजनको काम गर्थे । हठयोग चित्तवृत्तिलाई एकनाश प्रवाह गरेर शरीरलाई हलचल नगरी स्थिरमा राख्न सक्यो भने मात्र हठयोगमा पस्न सक्छ । हठयोगबाट आफूलाई चाहेको कुरा थाहा पाउन सकिन्छ । पहिला धर्मको तपले तन्त्रद्वारा यन्त्रको प्रयोग गर्थे । अहिलेको अवधिमा यन्त्रको साधनबाट प्रयोग गर्न थालेका छन् ।

चेतना जगेर्ना
चेतना एक किसिमको प्रकाश हो । प्रकाश जति चम्किन्छ, त्यति उज्यालो हुन्छ । चेतनामा जति शक्ति वृद्धि हुन्छ त्यति सजग र होसियार भएर जीवनलाई अगाडि बढाउन सक्छ । आँखा चिम्लिरहेको बेला पनि कुनै धारिलो वस्तु अर्थात् औँला मात्र निधार नजिक लग्यो भने निधारमा काउकुती लागेजस्तो हुन्छ । यो चेतनाको प्रभावले भएको हो । यो जति तीव्रता भयो त्यति दूरदर्शी भएर जीवन प्रभाकारी हुन्छ । यसको शक्तिले शरीरमा ऊर्जा हुन्छ । जीवन सक्रिय भएर जीवन सुन्दर रूपले उज्यालो हुन्छ । जीवनको हरकदममा सफलता पाउने क्षमता विकास हुन्छ । जसबाट जीवनमा सुख, शान्ति समृद्धि हुने भएकोले चेतना जीवनयात्राको आँखा हो । आज विश्वमा जे जति विकास निर्माणको काम अगाडि बढ्न सकेको छ, चेतनाको कारणले भएको हो । यसले नै मानिसको जीवन स्थायित्व रूपमा स्थापित गर्न सक्ने हुन्छ । चेतनाबाट मानिसमा त्याग, योगदान, सेवा भावनाको विकास भएको हुन्छ । चेतनाको विकासबाट सामाजिक एकताका कायम संहिष्णुता र कर्तव्यनिष्ठ हुन्छ । कीरादेखि देवतासम्म सबैको आ–आफ्नै किसिमको चेतना छ । मनुष्य जेजस्तो बनेका छन् वैज्ञानिक, धार्मिक सामाजिक चेतनाअनुसार भएको हो । यसले इच्छा जागृत गर्छ । त्यो अभिलाषा लिएर जीवनको कदम अगाडि बढ्छ यहीअनुसार आफ्नो भविष्य तय हुन्छ । यसको क्षमताले मान्छे देवता समान बनेका छन् । अर्धचेतनाले मान्छे पागल हुन्छ । चेतना विकसित भएर विवेक सिर्जना हुन्छ, त्यो विवेकले महान् बन्छ । जब विवेकहीन हुन्छ मानव रूप भएर पनि दानव हुन्छ । चेतनाले विवेकलाई सिर्जना गर्छ । विवेकअनुसार मानवको स्वभाव परिवर्तन गरिदिन्छ । ज्ञानले चेतनाको क्षमता वृद्धि गर्ने भएकोले ज्ञानका लागि सत्सङ्गत अध्ययन आचरण शुद्धि हुँदै जान्छ । जति आचरण शुद्धि भयो त्यति आफ्नो मनस्थिति शान्त हुँदै जान्छ । ऋषिमुनिहरू आचारण शुद्धि गर्नका लागि एकान्त खोजी गर्दै ध्यानमा लीन हुन्थे । यसबाट चेतना जागृत हुन्छ, लोभ लालच अन्य विकृति स्वभावबाट दूर हँुदै ज्ञानी व्यक्ति बन्छ । ज्ञानी बुद्धिमानी बन्नु भनेको अरूलाई दुःख नदिई स्वावलम्बी बन्नु हो ।
त्यसैले बुद्धिमान व्यक्तिले पनि आफ्नो काम आफैँ गर्नुको कारण अरूबाट काम लिँदा अरूलाई आफूले अनुरोध गर्नुपर्ने हुन्छ । आदेश दिँदा अरूलाई चित्त दुख्न सक्ने भएर आफ्नो काम आफैँ गर्ने गर्छन् । महान् दार्शनिक कन्फ्युसियस गाउँ घुम्न गएको बेला एक जना किसान कुवाबाट कष्ट गरी पानी झिकिरहेको थियो । सजिलो उपाय हँुदाहँुदै यति कष्ट किन गर्नुहुन्छ भनेर उनले किसानलाई सोधे । किसानले भने –“सजिलो उपाय मलाई पनि थाहा छ, तर त्यो उपाय मेरो छोरोले थाहा पायो भने जीवनबाट टाढा भाग्छ, अल्छी हुन्छ । जीवनमा स्वस्थ रहनको निम्ति समुचित श्रमको आवश्यकता पर्छ । जति श्रम ग-यो उति नै श्वास प्रश्वासमा ताजा अक्सिजन लिएर आफ्नो आन्तरिक क्षमता बढाउन सकिन्छ ।”
त्यस्तै, ओसो भन्छन् “श्रम मनुष्यको चेतना र ऊर्जा जगाउनका लागि अनिवार्य हिस्सा हो ।” यस्तै, एक दिन अब्राहम लिङ्कन जुत्तामा पालिस राखिरहेको बेला उसको साथीले भन्छन्– “म त आफ्नो जुत्ता अरूलाई पालिस गर्न लगाउँछु ।” लिङ्कनले भने– “श्रम गुमाउनु भनेको आफ्नो जीवनलाई नबुझ्नु हो । प्रकृतिले यो शरीर श्रम गर्नका लागि दिएको हो । त्यसैले स्वस्थको लागि श्रम अनिवार्य छ ।”
आजकाल भौतिक सुविधाले अल्छी बनाई रोग उत्पादनको स्रोत बनेको छ । यसले मानसिक तनाव दिन्छ, कष्टले समय खर्च गरिरहेको हुन्छ । सबैभन्दा महìवपूर्ण मानव जीवन कष्टले निवारण गर्नुपर्ने हुन्छ । यति कुरा बुझेर ऋषिमुनिहरू एकान्तमा बसी जन्जालबाट मुक्त हुन खोज्छन् । जपतप गरी चेतना जगेर्ना गरी मोक्षको बाटो लाग्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?