छहरा दवाडी
विश्वमहामारी कोरोना भाइरसका कारण नेपालको पर्यटन व्यवसाय थलिएको छ । अर्बौंको लगानी, हजारौँको रोजगारी र व्यवसाय रहेको नेपालको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन निजी तथा सरकारी तवरमा समेत पहलचाहिँ थालिएको छ ।
नेपालले पहिलो पटक ‘भिजिट नेपाल १९९८’ आयोजना गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदा अवलोकनका लागि विश्व समुदायलाई भिœयाउन अभियानका रूपमा पहल थालेको थियो । त्यस्तै, ‘भ्रमण वर्ष २०११’ गरी नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याएको थियो । भूकम्पबाट थलिएको पर्यटन व्यवसायमा ऊर्जा थप्न २० लाख पर्यटक नेपाल भिœयाउने योजनासाथ महìवाकाङ्क्षी ‘भिजिट नेपाल २०२०’ आयोजना गरियो । यद्यपि, कोरोना कहरकै कारण ‘भिजिट नेपाल २०२०’ स्थगित हुनु पुगेको थियो । सरकारले सन् २०१८ लाई भ्रमणवर्ष मनाउने भने पनि तयारी नपुग्ने भएपछि सन् २०२० मा सारिएको थियो ।
‘भिजिट नेपाल २०२०’ मनाउन सरकारले पूर्ण रूपमा तयारी थियो । निजी क्षेत्रले समेत त्यसको पूर्ण तयारी गरेको थियो । भ्रमण वर्षलाई नै लक्षित गरी नेपालका मुख्य मुख्य पर्यटकीय सहरहरूमा पूर्वाधार निर्माणका कामहरू पनि भएका थिए । सानो तथा ठूलो लगानीमा होटेल तथा रेष्टुरेन्ट खुलेका थिए । पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय स्थलहरूको निर्माण, पुनर्निर्माण र साजसज्जामा पनि ध्यान दिइएको थियो । विश्वमाझ नेपाललाई चिनाउन र विदेशी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाली आतुर थिए । तर कोभिड– १९ ले सबै सपनामा तुषारापात ग¥यो । भ्रमण वर्ष २०२० स्थगित हुन पुग्यो र नेपालको मात्र नभई विश्वकै पर्यटन व्यवसाय ठप्प बन्न पुग्यो ।
केही समयअघि गण्डकी प्रदेशमा नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन विभिन्न ११ देशका राजदूतलाई पोखरामा पदयात्रा गराइएको थियो । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आयोजना गरिएका यस्ता केही कार्यक्रमले मात्र कोभिडका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई लयमा फर्काउन सम्भव छ त ? भन्ने गम्भीर प्रश्न उब्जाएको छ । पर्यटन व्यवसाय र यस सम्बद्ध अन्य पेसा, व्यवसायमा कोभिडले पारेको अफ्ठ्यारो परिस्थितिलाई पुरानै स्थितिमा लैजान सानातिना प्रयास मात्र पर्याप्त छन् त ? यी प्रश्नको गम्भीर समीक्षा र विश्लेषणसहित आन्तरिक पर्यटन प्रवद्र्धनका काममा लाग्नुपर्ने देखिन्छ ।
कोभिड–१९ को महामारीबाट कुनै पनि क्षेत्र अछूतो छैन । त्यसमा पनि पर्यटन व्यवसाय त चौपट नै भएको छ । यो सर्ववितिदै हो । तर कोभिड–१९ बाट पुगेको क्षतिको कथा सुनाएर बस्नुभन्दा पनि अब पर्यटन व्यवसायलाई कसरी पुरानो अवस्थामा वा भनौँ अझ नयाँ उचाइमा पु¥याउन सकिन्छ भन्ने बारेमा विचार विमर्श गरेर नयाँ नयाँ योजना ल्याउन ढिला भइसकेको छ ।
ऋण काढेर लगानी गरेका व्यावसायीहरू कति त व्यवसायबाटै पलायन नै भइसकेको अवस्था छ । निषेधाज्ञाका कारण व्यवसाय सञ्चालन गर्दा भाडा तिर्न नसकेर धेरै व्यवसायी निराश हुने अवस्थामा केही खुलापन आएसँगै आन्तरिक पर्यटकको घुमफिर केही बढेको पनि छ । सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क नेपाल पर्यटन बोर्डको छ । तर नेपालमा कोरोना महामारी सुरु भएको साल सन् २०२१ मा मुस्किलले ६० हजार पर्यटक मात्र नेपाल भित्रिएका छन् । पर्यटनलाई चलायमान बनाउन अहिलेको मुख्य चुनौती भनेकै पर्यटकको सङ्ख्या बढाउन सक्नु र नेपालमा पर्यटकलाई धेरै दिन बस्न, बसाउन सक्नु हो । जसका लागि पर्यटकीय गन्तव्यहरूलाई व्यवस्थित बनाउन जरुरी छ । नयाँ गन्तव्यको पहिचान र विकास आवश्यक छ ।
अविरलको वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण नेपालका मुख्य मुख्य पर्यटकीय सहरहरू जाने सडककै अवस्था बेहाल छ । पोखरा जान हिँडेका पर्यटकहरू मुग्लिनको जाममा १० घन्टासम्म बस्नुपर्ने बाध्यताले पर्यटकलाई नेपालमा टिकाइरहन सक्दैन । तसर्थ पर्यटकको सुविधाका लागि आधारभूत सुविधाको भरपर्दो र सहज व्यवस्थापन गरेमा मात्र नेपाल आएका पर्यटकलाई पनि लामो समय टिकाउन सकिन्छ ।
नीति तथा बजेट वक्तव्यमार्फत सरकारले कोभिडका कारण अफ्ठ्यारो अवस्थामा रहेका पर्यटन व्यावसायीहरूलाई कर छुट दिने, विद्युत्मा सहुलियत दिनेलगायतका केही निर्णयहरू गरेको छ । तर यस्ता निर्णयहरू कागजमा मात्र सीमित नभई व्यावसायीहरूले साँच्चिकै राहत महसुस गर्न सक्ने वातावरण बनाउने जिम्मा सरकारको नै हुन आउँछ । विश्व समुदायमा नेपाल सुरक्षित छ भन्ने सन्देश दिनका लागि स्थगित गरिएको भ्रमण वर्षलाई फेरि बेग्लै ढङ्गबाट सुरु गर्ने तर्फ पनि ध्यान दिन ढिला भइसकेको अवस्था छ ।
विश्वका मुख्य मुख्य देशहरू अमेरिका, क्यानडा, दुबइ, थाइल्यान्डलगायतका देशहरूले कोभिड–१९ विरुद्ध खोप लगाएका मानिसहरूका लागि आवतजावतमा रोक नलगाउने निर्णय गरिसकेको छ । लामो समयसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको अस्ट्रलियाले पनि नोभेम्बरबाट सीमा नाका खोल्ने र विद्यार्थीसहित विदेशी नागरिकलाई लैजाने तयारी गरिरहेको छ । पहिलो पटक कोभिड–१९ देखिएको चीनको वुहानसहित चीनका अन्य भागमा त ठूलो सङ्ख्यामा मानिसहरू भेला भई नयाँ वर्ष तथा विभिन्न कार्यक्रम आयोजना गरेको धेरै भइसक्यो । विभिन्न देशले स्वास्थ्य मापदण्डको पालना गरेर पर्यटकीय स्थलहरूलाई पुरानै स्वरूपमा खुला गरिसकेका छन् । विकसित देशले गरेको अभ्यासलाई आत्मसात् गर्दै नेपाल सरकारले पनि पर्यटन व्यवसायलाई गतिशील बनाउन योजना बनाउनु पर्ने देखिएको छ ।
पर्यटन प्रर्वद्धनका लागि सरकारले निजामती तथा सरकारी कर्मचारीहरूका लागि वर्षको १० दिन तलबी बिदा दिने कार्यक्रम बजेटमार्फत अघि सारेको छ । यो योजना व्यवहारमा लागू हुन बाँकी नै छ तर यो योजना साँच्चिकै कार्यान्वयनमा आउनसके यसले पनि आन्तरिक पर्यटन प्रर्वद्धनमा टेवा नै पुग्ने देखिन्छ । त्यति मात्रै होइन घुमफिरको संस्कृति विकासमा समेत यसले मद्दत पु-याउनेछ ।
पर्यटन व्यावसायीहरूले पनि सरकारको मात्रै मुख ताक्नुको सट्टा पर्यटक लोभ्याउने आकर्षक योजना बनाउन आवश्यक छ । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा पर्यटन व्यवसायलाई व्यवस्थित गर्न व्यावसायीहरू आफैँले पहल थाल्न पर्छ । पर्यटन व्यावसायीहरूको यस्ता प्रयासले बाह्य मात्र नभएर आन्तरिक पर्यटकको पनि ध्यानाकर्षण गर्न सकिन्छ ।
उचित मात्रामा प्रचारप्रसार गरेर आफ्नो व्यावसायका बारेमा सबैलाई जानकारी दिन सकेमा पनि यसले फाइदा नै पुग्ने देखिन्छ । सरकारले अन अराइभल भिसा दिने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा बाह्य पर्यटकको सङ्ख्या क्रमश बढ्दै जाला तर पर्यटन व्यावसायलाई चलायमान बनाउँदै लैजानका लागि आन्तरिक पर्यटकको भूमिका पनि मुख्य हुन्छ । कोभिड–१९ का कारण घरभित्र बस्दा बस्दा दिक्क भएका मानिसहरूलाई घुम्ने बनाउने जिम्मा भने यस व्यावसायमा संलग्नहरूको नै हो ।
हिमालै हिमालको देश नेपालमा रहेको प्राकृतिक मनोरम छटाले जो कोहीलाई मोहित बनाउँछ । मनै लोभ्याउने प्राकृतिक सौन्दर्य, हिमाल र मनमोहक दृश्यलाई कैद गर्नका लागि नेपालीले पनि घुम्ने गन्तव्य बनाउनुपर्छ । आन्तरिक पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउनका लागि घुम्ने स्थानको पहिलो रोजाइमा आफ्नै देशका स्थानहरूलाई बनाउन सकिन्छ । सुन्दर स्थानका तस्बिर, नेपालका विभिन्न स्थानमा पाइने स्थानीय प्राङ्गारिक खानेकुरा, परम्परागत पोसाकमा सजिएका स्थानीय मानिसहरूसँग खिचिएका तस्बिर साथै मौलिक संस्कृति र कला झल्किने प्रकृतिका सामानहरूको तस्बिर सामाजिक सञ्जालमा राखेर पनि अन्य पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । चाडपर्वलाई लक्षित गरेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । लामो बिदा हुने दशैँ, तिहारजस्ता पर्वका बेला आफ्नो बजेटअनुसार योजना बनाएर परिवारका साथ घुम्न गएर पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
नेपालमा पर्यटनको प्रचुर सम्भावना भएका धेरै स्थानहरू छन् । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा पनि नेपाल मै छ । बुद्धभूमि लुम्बिनी, ऐतिहासिक र पुराताìिवक महìव बोकेका मठमन्दिरले भरिएका प्राचीन महìवका सहरहरू पनि नेपालमा छन् । मनमोहक हिमाल, ताल तलैया र प्राकृतिक सौन्दर्यले मनै लोभ्याउने स्थानहरूका बारेमा विश्व समुदायमा प्रचार गर्न सकेमा पनि पर्यटकको सङ्ख्या बढाउन सकिन्छ ।
विश्वका जुनसुकै देशबाट नेपाल घुम्न आउने पर्यटकहरूले गुगल वा अन्य कुनै इन्टरनेटको प्लाटफर्ममा नेपालको बारेमा खोज्दा कति जानकारी पाउछन् ? नेपाल आउन चाहने पर्यटकहरूले नेपाल आउनुअघि नेपालको बारेमा जानकारी लिन खोजेमा के कति जानकारी प्राप्त गर्न सक्छन् ? हामीले हाम्रो देशमा भएका पर्यटकीय स्थलहरूको बारेमा कति जानकारी पर्यटकका लागि उपलब्ध गराएका छाँै ? यी प्रश्नहरूको बारेमा पनि सोच्न पर्ने हुन्छ ।
सूचना र जानकारीका हिसाबले हामीले कति जानकारी उपलब्ध गराएका छौ यो सबैभन्दा महìवपूर्ण पक्ष हो । तसर्थ जो कोही विदेशी पर्यटक जो नेपाल घुम्न आउनु अघि नेपालको बारेमा, नेपालीको बारेमा र यहाँका पर्यटकीय स्थलहरूको बारेमा यथेष्ट जानकारी प्राप्त गर्न चाहन्छन् । त्यसको बारेमा पर्याप्त जानकारी हामीले इन्टरनेटमा राख्न सकेमा यसले पनि पर्यटकको नेपाल आगमनलाई सहज र सरल बनाउन सक्छ ।
विश्वका धेरै देशमा नेपाललाई सगरमाथाको देश भनेर चिनिन्छ । सगरमाथाको देश बुद्धभूमि नेपाललाई पर्यटनको माध्यमबाट चिनाउँदै नेपालको सुस्ताएको पर्यटन प्रर्वद्धन, संवद्र्धन र संरक्षण गर्ने जिम्मा हामी सबैको हो । आम नेपाली, नेपाल सरकार र पर्यटनको क्षेत्रमा लागेका सङ्घसंस्था र व्यावसायीको साझा प्रयास र अथक मिहिनेतबाट मात्र सेलाएको पर्यटनलाई पुनर्जीवन दिन सकिन्छ । नयाँ नयाँ योजना, चरणबद्ध छलफल, पर्यटकका लागि प्याकेज तथा आधारभूत आवश्यकताको भरपर्दो व्यवस्था गर्नसकेमा कोरोना जोखिमबीच पनि नेपालको पर्यटनले सास फेर्न सक्ने थियो कि ?