सरस्वती ढुङ्गाना
धार्मिक, सांस्कृतिक, वैज्ञानिक, आयुुर्वेदिक आदि दृष्टिमा सूर्यको आफ्नै महìव रहेको छ । पौराणिक मतानुसार सातवटा घोडामाथि सवार गरेका सूर्य प्रकाश वा तापका स्रोत हुन् । जसको माध्यमबाट संसारको पालनपोषण हुन्छ । सांस्कृतिक दृष्टिमा सूर्यको उपासना गर्ने परम्परा धेरै पहिलेदेखि नै चलिआएको परम्परा हो । सूर्य उपासनाको महान् पर्वका रूपमा छठ पर्वलाई लिइन्छ । केही वर्ष पहिले तराई भेगमा मात्र प्रचलित छठ पर्व अहिले अधिकांश नेपाली भूभागमा मनाउन थालिएको छ । यस प्रकारको सूर्य पूजनको पर्व विश्वका अन्य मुलुकमा पनि पाइन्छ । वैज्ञानिक दृष्टिमा सौर्यमण्डलको आफ्नै विशेष स्थान र महìव रहेको छ । सूर्यविनाको सृष्टिको सम्भव र कल्पना पनि गर्न पनि नसकिने हुने हुँदा सूर्यको वैज्ञानिक दृष्टिले ज्यादै महìव छ । त्यसो त आयुर्वेद र आधुनिक चिकित्सा विज्ञानले पनि सूर्यको किरणलाई औषधीय गुणका रूपमा उल्लेख गरेको छ । त्यसो त आयुर्वेदमा सूर्यपाकको विशेष स्थान रहेको पाइन्छ ।
सूर्यका किरणमा औषधीय गुण हुन्छ भन्ने तथ्य अमेरिकी चिकित्सक एडबिन वैविटले प्रमाणित गर्नुभएको थियो । उहाँले सूर्यचिकित्सा पद्धतिलाई ज्यादै लाभदायी उपचार पद्धतिका रूपमा प्रस्तुत गर्नुभएको छ । यसले अन्य चिकित्सा पद्धतिले जस्तो हानि नपु¥याउने हुँदा यो बढी लाभदायक र प्रभावकारी देखिन्छ । आयुर्वेदमा चरकले पनि यसको महìवलाई प्रष्ट पारेका छन् । सूर्यको प्रकाशमा नै प्रत्येक प्राणीको जीवनशक्ति र आरोग्यको घनिष्ट सम्बन्ध रहेको पाइन्छ । चरकसंहितामा आरोग्य भाष्करादिच्छेत् भनेर उल्लेख हुनुले पनि सूर्यको महìव व्यापक रहेको झल्कन्छ ।
सौर्यमण्डलको नायक विश्वको सार सूर्यलाई नेपाली लोकजीवनले विभिन्न अवसर र परिवेशमा पुज्ने गरेको देखिन्छ । नेपाली लोक जीवनमा पुस महिनाको आइतबार व्रत बसेर सूर्यको उपासना गर्ने चलन चलेको छ । भगवान् सूर्यनारायणको पूजाअर्चना गर्नुको मुख्य कारणमा यसलाई सृष्टिको प्रारम्भदेखि नै महìवपूर्ण शक्तिको स्रोतका रूपमा लिनु पनि एक हो । विज्ञानले पनि सूर्यविना मानवजीवन र सृष्टिको सम्भव नहुने कुरा पुष्टि गरेको छ । सम्पूर्ण ब्रह्माण्डका सञ्चालक नै सूर्य भएका कारण सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि सान्दर्भिक नै देखिन्छ । यसको अभावमा जीवजन्तु वा वनस्पतिको अस्तित्व सम्भव नहुने हुँदा सूर्यलाई समग्र सृष्टिको आधारस्तम्भ मानिन्छ ।
प्रत्येक वर्ष पुसको आइतबार सूर्यको उपासना गरिन्छ । खासगरी पुस महिनामा पाँचवटा आइतबार परेमा त्यो सूर्योपासना अत्यन्त लाभदायक र सार्थक रहने मानिन्छ । सूर्योपासकहरू यसलाई विश्वको आत्मा, सम्पूर्ण ब्रह्माण्डको मूल आधार र प्राणतìवका रूपमा पनि लिने गर्दछन् । पञ्चमहाभूतका रूपमा रहेका पृथ्वी, जल, तेज, वायु र आकाशको सञ्चालनमा सूर्यको नै अग्रणी र महìवपूर्ण स्थान रहेको हुँदा आदिम सभ्यतादेखि नै सूर्यपूजनको परम्परा विविध नाम र संस्कृतिमा वैश्विक समाजले गर्दै आएको देखिन्छ ।
पुसमा गरिने सूर्य पूजनको आफ्नै परम्परा रहेको छ । सूर्यपूजन विधिअनुसार मध्याह्न कालमा सूर्यको पूजा गरिन्छ । तामाको थालीमा बाह्रवटा विष्णुका प्रतिमूर्ति स्थापना गरेर सूर्यको पूजा गरेपछि सूर्य भगवान्लाई करवीरको पात चढाइन्छ । यहाँ बाह्र विष्णुलाई बाह्र माससँग पनि तुलना गर्न सकिन्छ । हाम्रा बाह्र महिना र बाह्र राशिको नाम पनि सूर्यसँग नै जोडिएको पाइन्छ । पूजाअवसरमा मधुसूदन, त्रिविक्रम, वामन, श्रीधर, ऋषिकेश, पद्मनाभ, दामोदर, केशव, नारायण, माधव, गोविन्द, विष्णु नाम गरेको बाह्र प्रकाश शक्तिलाई स्थापना गरी सूर्यको पूजा गरिन्छ । यी बाह्र नामहरू हाम्रा बाह्र महिनासँग पनि सम्बन्धित देखिन्छन् । त्यसैले पुस महिनाको सूर्यपूजामा बाह्रसूते बत्ती काटेर दीप प्रज्ज्वलन गरिन्छ । बाह्र सूर्यको नामोच्चारण गरेर शास्त्रानुसार पूजा गर्नु पर्दछ । यस अवसरमा व्रतालुहरू एक छाक मात्र चोखो परिकार खान्छन् तर नुन भने खाँदैनन् । कोही कोही बाह्र वर्षसम्म सूर्यको पूजा गर्दछन् र बाह्र वर्ष पुगेपछि त्यसलाई समापन गर्छन् । पहिलो पटक पुसको आइतबारको व्रत लिनका लागि पाँच वटा आइतबार पर्नु आवश्यक छ तर पहिलो पटक व्रत लिइसकेकाका लागि चारवटा आइतबार परे पनि व्रत बस्न र सूर्यपूजन गर्न मिल्दछ ।
खासगरी सूर्यपूजनपश्चात् निरोगी हुने, आँखाको तेज बढ्ने, स्मरणशक्ति बढ्ने, शरीरमा ऊर्जा प्राप्त हुने, रोगसँग लड्न सक्ने शक्ति प्राप्त हुने, कुनै पनि प्रकारको मनोकाङ्क्षा पूरा हुनेलगायतका धार्मिक विश्वास र मान्यता हाल पनि रहेको पाइन्छ । पुस महिनाबाहेक अन्य महिनामा पनि सूर्यको उपासना गरिन्छ । हरेक हिन्दु व्रतालुले स्नानपछि पनि सूर्यलाई जल चढाउँछन् । पूजा गर्दा पनि सूर्यनारायणलाई अर्घ दिने चलन छ । यसले सूर्य पूजनको लामै परम्परा लोकमा रहेको बुुझ्न सकिन्छ ।
सूर्य पूजनको बृहत् र भव्य पर्व छठ हो । छठ पर्वमा सूरज बाबाको रूपमा सूर्य भगवान्को पूजा गर्ने र अर्घ दिने चलन हाम्रो लोकमा चलेकै छ । यस पर्वले हामीलाई सौर्यशक्तिको महìव र आवश्यकतालाई बोध गराएको छ । जीवन र जगत्सँग सूर्यको अन्योन्याश्रित सम्बन्ध रहेकोले यस व्रतलाई महìवपूर्ण व्रतका रूपमा लिन सकिन्छ भने प्रतीकात्मक रूपमा जीवनमा कसैको पनि एकैनासको अवस्था हुँदैन भन्ने कुरालाई बोध गराएको छ । यस सन्दर्भमा कविशिरोमणि लेखनाथ पौड्यालको यो कवितांशलाई उद्धरणका रूपमा लिन सकिन्छ ।
कसैको लोकमा छैन, एकैनास समुन्नति, अरूको के कुरा हेर, सन्ध्यामा सूर्यको गति । त्यसैले, सूर्योदय, मध्याह्न, सूर्यास्त यी अवस्थाले नै मानवलाई मानव जीवनको सच्चा बोध गराएको छ । मानव जीवनमा उज्यालो अँध्यारो, सुख दुःख, दिन रात आदि चक्रझैँ घुम्दछन् । त्यसैले हामी सबैले आ–आफ्नो कर्तव्य, नैतिकता, इमानदारिता, सत्यता बुझेर नै सदा अगाडि बढ्नु पर्दछ । यस व्रतले मानव जीवन र सम्पूर्ण चराचरसँग सूर्यको घनिष्ट सम्बन्ध रहेको देखिन्छ । त्यसलाई हामी सबैले मनन गर्नु पर्दछ भन्ने मूल सन्देश सूर्यपूजनको यस परम्पराभित्र अन्तर्निहित भएको हामी पाउन सक्छौँ ।