logo
२०८१ मंसिर १० सोमवार



चुनौती सामना गर्दा अवसर

तीनै तहका निर्वाचनमा पार्टीलाई जिताउन काँग्रेसभित्रको सम्पूर्ण एकता पहिलो र अनिवार्य सर्त हो

विचार/दृष्टिकोण |


चुनौती सामना गर्दा अवसर


किरण पोखरेल

नेपाली कांँग्रेसको १४औँ महाधिवेशनले शेरबहादुर देउवालाई दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित गर्दै भविष्यको नेतृत्वका लागि युवा पुस्ताको सर्वाधिक पकडलाई सुनिश्चित गरेको छ । कांँग्रेस महाधिवेशनको क्रममा भएको वडा अधिवेशन, पालिका अधिवेशनमा निर्वाचित क्षेत्रीय प्रतिनिधि, एकाइ सभापति र पदाधिकारीमा मात्र होइन केन्द्रीय नेतृत्वमा समेत अधिकांश नयाँं अनुहार र युवाको बाहुल्यता छ ।

काँंग्रेस महाधिवेशनका क्रममा भएको निर्वाचन परिणामले १३ पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री फर्मुल्ला मन्सुरबाहेक सबै युवा पुस्ताका नेताहरू निर्वाचित भएका छन् । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा १६ जना मात्रै पुराना अनुहार छन् । १९ जना पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन् । १६ पुराना अनुहारमा पनि युवा पुस्ताको सङ्ख्या छँंदैछ । समावेशी र भूगोलका आधारमा भएको बाँंकी निर्वाचनमा महिला केन्द्रीय सदस्यबाहेक बाँंकी सबै क्षेत्रमा दुईतिहाइभन्दा बढी नयाँं अनुहार र युवा आएका छन् । दोस्रो पुस्ता भएर पनि ऊर्जाशील र केही क्षमतावान काँग्रेस नेता पराजित भए पनि केन्द्रीय समितिमा अधिकांश ऊर्जाशील र युवा पुस्ताको बाहुल्यता छ ।

काँग्रेसको गौरवमय इतिहास छ । बीपी कोइरालाले ३२ वर्षमै पार्टीको नेतृत्वमा पुग्नुभयो । सुवर्णशमशेर पनि युवा उमेरमै सभापतिमा निर्वाचित हुनुभयो । ५० वर्षको हाराहारीमा कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति हुनुभयो । अहिले ४५ र ५० वर्ष हाराहारीका नेताहरू केन्द्रीय नेतृत्वमा आउनु काँग्रेसमा कुनै नयाँ छलाङ हुँदै होइन तर पछिल्लो समय प्रायः सबै ६० काटेर थकितजस्ता देखिने नेताहरूको बाहुल्यता रहने गरेको काँग्रेस केन्द्रीय समितिमा यस पटकको अवस्था धेरै वर्षपछि फरक देखिएको हो । जेहोस्, धेरै समयको अन्योल, आशङ्काबीच काँग्रेस महाधिवेशन सम्पन्न भएर यसले एउटा बाटो तय गरेको छ । कुनै पनि जीवन्त पार्टीका लागि महाधिवेशन अनिवार्य हो । त्यस अर्थमा कांँग्रेसका लागि महाधिवेशन महìवपूर्ण थियो नै तर महाधिवेशनपछि नजिकिँदै गरेको स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीको जीत सुनिश्चित गर्नु चाँंहि काँग्रेसका लागि यतिबेला मुख्य विषय हो ।

भर्खरै सम्पन्न महाधिवेशनबाट आएको नयाँं नेतृत्वका लागि यी चुनावमा पार्टीको जीत हाँंसिल गर्नु मुख्य चुनौती बनेको छ । छ महिनादेखि एक वर्षभित्र हुने तीनै तहका निर्वाचनमा पार्टीलाई जिताउन काँग्रेसभित्रको सम्पूर्ण एकता पहिलो र अनिवार्य सर्त हो । काँग्रेस सभापति देउवाकै शब्दमा ‘काँग्रेसलाई अरू कसैले हराउन सक्दैन, कांँग्रेसले नै हराउने हो ।’ भर्खरै सम्पन्न अधिवेशन र महाधिवेशनका क्रममा बढेको विवाद, तिक्तता र वैमनस्यतालाई हटाएर एकता कायम गराउने विषय कम चुनौतीपूर्ण छैन । यसका लागि काँग्रेसमा केही समयदेखि चुलिएको चरम गुटबन्दीको अन्त्य हुन जरुरी छ । प्रजातान्त्रिक पार्टीमा विभिन्न विचार समूहहरूबीचको विवाद, सहमति, असहमति वा प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन तर केही समयदेखि बढेको काँग्रेसभित्रको चरम गुटबन्दीले प्रतिस्पर्धा होइन कतिपय अवस्थामा वैरभाव समेत बढाएको छ ।

आफ्नो गुटबाहेक अरूलाई अवसर नदिने प्रवृत्ति छ । अर्को गुटको नेता, कार्यकर्ता इमानदार र निष्ठावान तथा क्षमतावान भएर पनि त्यसलाई अवसर नदिने रोग बढेको बढ्यै छ । कुनै गुट विशेषमा नलाग्ने इमानदार निष्ठावान नेता, कार्यकर्ताले क्षमता भएर पनि कहिल्यै अवसर नपाउने अवस्था छ । यो अवस्थाको अन्त्य नभएसम्म काँंग्रेसमा सम्पूर्ण एकता कायम हुन कठिन छ । पार्टीमा कुनै पनि नेता, कार्यकर्तालाई अब अन्याय हुने छैन र गुटका आधारमा होइन अब पार्टीप्रतिको निष्ठा, इमान र क्षमताका आधारमा मात्र कसैले अवसर पाउनेछन् भनेर नेतृत्वले आश्वस्त पार्ने गरी कामको थालनी गर्नुपर्नेछ । सभापति देउवाले केन्द्रीयस्तरमा उनका समन्वयी वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिको निर्वाचनमा ४० प्रतिशत मत प्राप्त गरेका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालगायतका नेतालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने चुनौति छ । सभापति देउवाका लागि अब तेस्रो पटक सभापति बन्नु पर्ने छैन ।

त्यसो भनेर आफूलाई हिजो सङ्कटमा सहयोग गर्ने साथीहरूलाई उपेक्षा गर्नुपर्छ भन्ने होइन तर अन्य विरोधीहरूसँंग एकजुट भएर लड्नुपर्ने पार्टीका सबै नेता, कार्यकर्ताले देउवाको नेतृत्वमा समान रूपले संरक्षण र न्याय पाउने वातावरण बन्नुपर्छ । उनीसँंग प्रतिस्पर्धा गर्ने पक्षले पनि सभापतिको सफलता असफलतासँंग पार्टीको सफलता, असफलता जोडिएको छ भन्ने बुझेर गलत काममा मात्र असहमति र असल कामको समर्थन गर्ने विवेकसम्मत र विधिसम्मत नीति अपनाउनुपर्छ ।

कुनै पनि राजनीतिक दललाई जनतासँंग जोड्ने त्यस पार्टीको विचार र कार्यक्रमले हो । विचार र कार्यक्रम नभएको दल जनतासँंग टाढा हुन्छ । काँग्रेस विचारप्रधान पार्टी हो तर अघिल्ला केही वर्षदेखि कांँग्रेस वैचारिक रूपले स्खलित हुँंदै गएको र कार्यक्रमका हिसाबले त अत्यन्त कमजोर हुँंदै गएको आरोप लाग्ने गरेको छ । लोकतान्त्रिक व्यवस्थामा सबैभन्दा दह्रो प्रतिबद्धता भएको कांँग्रेस आर्थिक, राजनीतिक हिसाबले नेपालको मध्यमार्गी राजनीतिक दल हो । पुँजीवादी र कम्युनिस्ट विचारधाराको बीचमा मध्यमार्गी विचार बोकेको कांँग्रेसले लोकतान्त्रिक समाजवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्ने गर्छ तर कांँग्रेसले समाजवादलाई पूरै बिर्सिएर लोककल्याणकारी राज्यको अवधारणालाई उपेक्षा गर्दै आएको आरोप लाग्ने गरेको छ ।

उदार अर्थ नीतिबाट मुलुकलाई पुगेको लाभलाई पनि बिर्सन चाँंही हुँदैन तर यसो भनेर अहिलेसम्म लिइएका पछिल्ला नीतिले बढेको गरिब र धनीबीच पुर्नै नसकिने खाडल र विपन्न जनताले न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित हुनु परेको पीडा झन् भुल्नै नहुने विषय हो । यसले समाजवादले कल्पना गरेको जनताका न्यूनतम आधारभूत आवश्यकताका उत्पादन गर्ने साधनमा राज्यको हस्तक्षेपकारी भूमिका, उत्पादनको न्यायोचित वितरण र लोककल्याणकारी शासन प्रणालीलाई अनिवार्य तुल्याएको छ । यसलाई मनन गरेर काँग्रेस नेतृत्वले नीति तथा कार्यक्रम अघि सार्नुपर्छ ।

काँंग्रेस महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने काम गरेकाले नीति महासमिति बैठक अलग्गै गर्ने भनिएको छ । चुनाव नजिकिँदै गरेको बेला तत्काल महासमिति बैठक बोलाएर कांँग्रेसले विचारमा स्पष्टता प्रदान गर्दै लोकतान्त्रिक समाजवादमा आधारित कार्यक्रम पारित गर्न अब ढिला गर्न हँुदैन । यसले काँग्रेसमा बढेको यस पटकको युवा आकर्षणलाई कायम राख्न मद्दत पुग्नेछ । नेतृत्वलाई यो पटक राम्रो अवसर पनि छ । समाजवादप्रति रुझान भएको उत्पीडित, विपन्न, उपेक्षित र दलित समुदायलाई समेत प्रतिनिधित्व गर्ने समावेशी, समानुपातिक केन्द्रीय समिति छ भने केही गरौँ भन्ने भावना बोकेको ऊर्जाशील युवा पुस्ताको बाहुल्यता छ । यो विषय झट्ट हेर्दा कठिन र चुनौतीपूर्ण देखिए पनि अवसरका रूपमा परिणत हुन सक्ने प्रशस्तै सम्भावना छन् ।

देश बनाउने युवाले नै हो । उनीहरू परिवर्तनका संवाहक हुन् । उनीहरूको संलग्नता बिना देशमा परिवर्तन सम्भव छैन । हामी यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको क्रममा छौँ । यसबीचमा जनतामा छाएको निरासा अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको भरोसा जागृत गर्न अब मुलुकमा आर्थिक क्रान्तिमार्फत सेवा प्रवाहमा चुस्तता र सामाजिक रूपान्तरणको खाँंचो छ । त्यो एउटा आन्दोलन नै हुनेछ तर यसका लागि राजनीतिमा लागेकामा एउटा दृढ अठोट, प्रतिबद्धता र समर्पणको आवश्यकता छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?