logo
२०८० चैत्र १५ बिहीवार



पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो : बाइडेन

अन्तर्राष्ट्रिय |




वासिङ्टन, चैत १९ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाउनु भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्यवृद्धि भएको उहाँको भनाइ छ ।

विश्वभरि अहिले मूल्यवृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव भएको उल्लेख गर्दै उहाँले त्यसको दोषी पुटिन नै भएको दावी गर्नुभयो ।

शुक्रबार उहाँले भन्नुभयो, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रतिदिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानि गरेको छ ।”

उहाँले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नुपर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गर्नुभयो ।

“यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ,” सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नुभएको छ ।

आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले बेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपति बाइडेनले तत्काल युद्ध रोक्न र वार्तामार्फत विवाद अन्त्य गर्न पटक पटक आग्रह गर्दै आएको पनि स्मरण गराउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?