जलजन्य विपद्को जोखिम व्यवस्थापन
गोरखापत्र अनलाइन
असार ३१, २०७८ बिहीबार
विपद् विश्वव्यापी छ । केवल यसको स्वरूप, आवृत्ति, प्रभाव र जुध्ने शैली फरक छ । व्यक्ति, समुदाय र राज्यको क्षमता, तयारी तथा सचेतनाको तहअनुसार विपद्को प्रभाव हुन्छ । यसकारण एकै माप र प्रकारको विपद् फरक समुदायमा आउँदा त्यसको प्रभाव पनि फरक हुनु स्वाभाविक हो ।
नेपालमा आगलागी तथा जलजन्य विपद्ले हरेक वर्ष अनि केही वर्षको अन्तरालमा भूकम्पले नराम्रोसँग प्रभावित पार्दै आएको छ । पछिल्लो छ वर्षभित्र महाभूकम्प र दुई लहरमा...