स्थानान्तरण कि बसाइसराइ (सम्पादकीय)
गोरखापत्र अनलाइन
असार ३०, २०७८ बुधबार
भौगोलिक, पर्यावरणीय तथा सांस्कृतिक दृष्टिले नेपाललाई मोटामोटी तीन भागमा विभाजन गर्ने गरिएको छ– हिमाल, पहाड, तराई–मधेस । यी क्षेत्रको भौगोलिक विशेषता मात्र भिन्न छैन, यहाँका सम्भावना र समस्या पनि फरक फरक छन् । हिउँले छोपिएका हिमशृङ्खला नेपालको जलस्रोत, जलविद्युत् तथा पर्यटन प्रवद्र्धनमा सेता–दाम (श्वेत मुद्रा) साबित हुँदैछन् । उचित व्यवस्थापन गर्न नसक्दा हिमपहिरो, हिमपात र हिउँवर्षाले त्यहाँको जनजीवन कष्टकर...