स्वास्थ्य सेवामा नवीन आयाम
गोरखापत्र अनलाइन
श्रावण २, २०७८ शनिबार
कोभिडका कारण बन्दाबन्दी सिर्जना भएको करिब एक वर्षको अवधिमा नेपालमा पनि धेरै थरीका प्रविधिमैत्री स्वास्थ्य सेवा वा उपचारसम्बन्धी गतिविधि सञ्चालन भए । कहीँ कतै हेलो डाक्टर कार्यक्रम सञ्चालन गरिए, कतै टेलिमेडिसिन चलाइयो । क्षयरोगी, एचआईभी मुटुरोगी, क्यान्सरलगायतका दीर्घरोगीको अवस्थाको पनि निरन्तर निगरानी हँुदै आएको छ । त्यसका अलावा वृद्धलाई लक्षित गरी चिकित्सा परामर्श र औषधिलगायतका सामग्री आपूर्तिको व्यवस्था...