अभाव अक्सिजन होइन सिलिन्डरको
गोरखापत्र अनलाइन
बैशाख २७, २०७८ सोमबार
कोरोना सङ्क्रमणको दोस्रो लहरले छोटो समयमै सङ्क्रमणमा मात्र नभई अस्पताल भर्ना हुने र मृत्यृ हुनेको सङ्ख्या अप्रत्याशित रूपमा उकालो छ । भाइरस सजिलै हार खानेवाला नभएकाले दोस्रो महायुद्धको घोषणाका रूपमा जारी छ । यस पटक कोरोनाले आफूलाई पूर्ण तयार र थप शक्तिशाली बनाई भारतमा विध्वंश मच्चाउँदै नेपालमा प्रवेश गरेको छ । पहिलो निसानामा नेपालगञ्ज परी कोरोनासँग लड्ने सिपाही–स्वास्थ्यकर्मी मात्र होइन, हतियार–औषधी, शøया,...