संवैधानिक आयोगमा रिक्तता (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र १३, २०७७ शुक्रबार
लोकसेवा आयोग चैत ११ देखि पदाधिकारीविहीन भएको छ । छवर्षे कार्यकाल हुने आयोग पदाधिकारीको नियुक्ति २०७१ चैत ११ गते गरिएको थियो । पदाधिकारीविहीन हुँदा निजामती कर्र्मचारी नियुक्ति र वृत्तिविकासका सबै प्रक्रिया (लिखित जाँच, अन्तर्वार्ता, बढुवा, पदस्थापन, नतिजा प्रकाशन) जस्ता नियमित गर्नुपर्ने काम रोकिन्छन् । निजामती कर्मचारीका अतिरिक्त संविधानले तोकेअनुसार सुरक्षा निकाय तथा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहेका...