पश्चिम पाल्पाको धुलेरी
गोरखापत्र अनलाइन
चैत्र १५, २०७७ आईतवार
तराईमा होलीको रमाइलोमा हुन जाने किञ्चित अश्लीलतालाई लिएर भन्ने चलन छ, “बुरा नामानो होली है ।’’ यसै कुरालाई पश्चिम पाल्पामा पर्ने विशेषगरेर रिप्दिकोट गाउँपालिकामा भन्ने गरिन्छ, “राजाको फाउ हो, त्यसपछि यहाँ उल्लेख गर्न नमिल्ने अश्लील शब्द) सितले ।’’
होलीको समय वसन्त फुल्ने, खुल्ने र युवकयुवतीमा प्रणय अभिलाषा प्रस्फुटन हुने समय । कताकता प्रेम गर्न, अलिकता उत्ताउलिन र छाडा हुन मन लाग्ने ऋतु । दवित इच्छालाई फागुको...