राष्ट्रपति विरोधको कलुषित अन्तर्य
गोरखापत्र अनलाइन
चैत्र १३, २०७७ शुक्रबार
कतिपय प्रबुद्ध बुद्धिजीवी र प्राज्ञिक व्यक्तिहरू अत्यन्त पछौटे चेत, चिन्तन र चरित्रले ग्रस्त छन् । यसमा ठूला घरानियाँका मिडिया र छापा पत्रिका पनि पछौटे मनोविज्ञानबाट ग्रस्त देखिन्छन् । तिनीहरू सङ्घीय लोकतान्त्रिक तथा गणतान्त्रिक शासनकालमा पनि जात, भात, नाक, नश्ल तथा राजनीतिक आग्रह र आदतका दास बनेको देखिन्छ । विद्यार्थीकालको वाम प्रभाव पूरै परित्याग गर्नुभएका प्राडा अभि सुवेदीलाई उहाँ धरानमा पढ्दा कम्युनिस्ट...