नेपाल र बङ्गलादेश सम्बन्ध (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र ११, २०७७ बुधबार
नेपाल र बङ्गलादेशबीच प्राचीनकालदेखि सौहार्द सम्बन्ध रहँदै आएको छ । सीमा जोडिएका भारत र चीनपछि सबैभन्दा नजिक (करिब ३० किमी दूरी) को छिमेकी मात्र नभएर नेपाल र बङ्गलादेशबीच व्यापार, पारवहन, लगानी, पर्यटनको बलियो सम्बन्ध छ । प्राचीनकालदेखि नै सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको
नेपाल– बङ्गलादेशबीच समायानुकूल आधुनिक सम्बन्ध प्रगाढ हुँदैछ । विशाल भारतअन्तर्गत ब्रिटिस शासनबाट पाकिस्तान स्वतन्त्र हुँदा (सन् १९४७) पूर्वी...