प्रभावकारी सिकाइका लागि समावेशी कक्षा
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७७ मंगलवार
समावेशी शिक्षा मूलतः ‘सबै सिकारूले सिक्न सक्छन् तर उही समय र उही तरिकाले होइन’ भन्ने वैयक्तिक भिन्नताको सिद्धान्तमा आधारित छ । समावेशी शिक्षाको अवधारणा स्पेनमा भएकोे १९९४ को विशेष आवश्यकता शिक्षाको सम्मेलनले अङ्गीकार गरेको हो । समावेशीकरणको दर्शन तीन वटा मूल सिद्धान्तबाट निर्देशित छः १) समतामूलक पहुँच, २) पूर्ण सहभागिता, ३) विविधताको स्वीकृति र सम्मान । जेनी कोरवेटका अनुसार “समावेशीकरण वैयक्तिक आवश्यकतालाई...