प्रधानमन्त्री ओली ज्ञानको विश्वविद्यालय
गोरखापत्र अनलाइन
फाल्गुन १६, २०७७ आईतवार
राजनीतिशास्त्र, दर्शन र ज्ञानको विश्व इतिहास हेर्दा तुलनात्मक हिसाबले युरोपियन–पश्चिमी मुलुकका दार्शनिकको विश्वमा बढी चर्चा र अध्ययन हुँदै आएको छ । दर्शन, ज्ञान र राजनीतिशास्त्रका विभिन्न विषयमा उनीहरूले दिएका विचारका कारण पनि ती देशहरू तथा समाज सबै दृष्टिले विश्वमा माथि रहेका देखिन्छन् । तिनै विद्वान् र दार्शनिकका विचार, विवेचना र दर्शनलाई आधार मानेर युरोपको फ्रान्स, बेलायत, जर्मनी तथा अमेरिकामा भएका राजनीतिक...