कर प्रशासनको पुनःसंरचना आवश्यक
गोरखापत्र अनलाइन
फाल्गुन १७, २०७७ सोमबार
राज्यको आम्दानीको प्रमुख स्रोत कर नागरिकले राज्यलाई बुझाउनुपर्ने अनिवार्य भुक्तानी हो । करदाताले करको बदलामा प्रत्यक्ष लाभको आशा गरेको हुँदैन । यद्यपि, सरकारले करको माध्यमबाट करदातालाई केही सुविधा पु¥याउने प्रयत्न भने गरेको हुन्छ । तर करको परिभाषाले निर्दिष्ट गरेको मान्यताअनुरूप न त सतप्रतिशत व्यक्ति वा फर्मले कानुनबमोजिम इमानदार रूपमा राज्यलाई कर तिरेर आफ्नो उतरदायित्व पूरा गरेका छन् । न त कर प्रशासन ती व्यक्ति...