निदान हुन नसकेको निजामती समस्या
गोरखापत्र अनलाइन
फाल्गुन १९, २०७७ बुधबार
कसैलाई रोगी र टिठलाग्दो (प्याथेटिक) भन्नुको आशय हो ऊ करुणाजनक, दुःखी र दीन अवस्थामा छ । प्राणी मात्र रोगी हुँदैन, आफ्नो कर्तव्य पालनमा चुकेको, चुकाइएको या कुनै कुरा गर्न या नगर्न बाध्य पारिएको प्रणालीसमेत रोगी हुन्छ । विशेष गरेर पुरानो समयदेखि क्रमशः अविच्छिन्न रूपमा कार्यरत संस्थाहरूलाई जीर्णताको व्याधिले ग्रस्त पारेको हुन्छ । समयको माग अनुकूल नवीकरण गर्न सकिएन भने संस्थाको शरीरका अङ्गप्रत्यङ्गहरू माखिया लाग्दै...