विज्ञानको कसीमा जनैपूर्णिमा
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
श्रावण शुक्ल पक्ष, श्रावण महिना, श्रवण नक्षत्रले युक्त श्रावणी, जनैपूर्णिमा । श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्रले युक्त वा अयुक्त तिथिमा विधिपूर्वक गरिने स्नानलाई श्रावणीस्नान भनिन्छ । वर्षा ऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिहरूको आराधना गरिने हुनाले यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । पुरुषहरूले जानअन्जानमा वर्षभरि गरेका कृत्याकृत्यको प्रायश्चित्त, क्षमापूजा वा आत्मपूजा हो जनैपूर्णिमा । श्रावण शुक्ल चतुर्दशीका...