महामारीमा सरकार र निजीक्षेत्रको भूमिका
गोरखापत्र अनलाइन ,
बैशाख ७, २०७७ आईतवार
कोरोना सङ्क्रमण रोकथामका लागि सुरु अवस्थामा नेपालले लकडाउन गरेको ठिकै थियो र छ । लकडाउनभन्दा अगाडि पछाडि ‘सटडाउन, ‘स्लो डाउन’ गरेको चिनियाँ विज्ञको कुरा सुनिएको छ । यस सम्बन्धमा सरकारले विज्ञहरूसँग थप परामर्श गर्नुपर्छ । केहीले उद्योग वा कारखाना चलाउन नपाए उद्योग बन्द हुन सक्ने चेतावनी दिएका छन् । यस अवस्थालाई हेरेर सरकारले सटडाउन, स्लो डाउन (स्कुल, कलेज, सिनेमा हल, जात्रा, मेलामात्र बन्द) गर्न सक्नेछ । यस सम्बन्धमा...