सङ्कटमा बुद्धिविलास
गोरखापत्र अनलाइन ,
बैशाख ११, २०७७ बिहीबार
नेपालमा समकालीन अग्रज, अगुवा वा विद्वत्वर्ग पद्धति, सरकार र मौजुदा परिपाटीको आलोचना गरेर आफ्नो क्षमता प्रदर्शन गर्न रमाउने संस्कार बसेको धेरै भइसकेको छ । आफू ओहोदामा रहँदा उचित प्रयत्न नगर्ने वा गर्न नसक्ने तर त्यहाँबाट निस्कनासाथ सुझाव फर्माउने प्रवृत्तिबाट पछिल्लो पुस्ता वा सिकारुहरू सधैँ प्रताडित र दिग्भ्रमित भइरहनुपर्ने बाध्यताबाट वर्तमान गुज्रिइरहेको छ ।