कोरोनाविरुद्ध लड्ने केही सूत्र
गोरखापत्र अनलाइन ,
बैशाख ९, २०७७ मंगलवार
कोभिड १९ को सङ्क्रमणबाट अहिले विश्व आतङ्कित छ । नेपालमा पनि यसको सङ्क्रमण बढ्दो छ । अहिलेसम्म कोभिड १९ को कारणले नेपालमा मृत्यु भई नसकेको तर हुनसक्ने सम्भाव्यतालाई ध्यानमा राखिएको छ । यसको सङ्क्रमणबाट जोगिन कोभिड १९ सम्बन्धी तालिम आवश्यक छ, जो विभिन्न अस्पतालमा भइराखेको छ ।