logo
२०८१ बैशाख १४ शुक्रवार

पर्यटकको रोजाइमा दारेगौँडा, दर्जन हिमशृङ्खलाको मज्जा लुटिन्छ !

फोटो फिचर |
पर्यटन |


2020-10-30-25625


नवीन शिशिर विक
बागलुङ, कात्र्तिक १४ गते । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीस्थित दारेगौंडा पहाड आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । समुन्द्र सहतदेखि दुई हजार ४७५ मिटरको उचाईमा रहेको दारेगांैडाबाट दर्जनभन्दा बढी हिमश्रृङखलाका साथै म्याग्दी, पर्वत, गुल्मी, क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
आँखै अगाडि देखिने अन्नपूर्ण, धौलागिरी, मानापाथी, माछापुच्छे लगायतका दर्जन बढी हिमश्रृङखलाको मज्जा लुटन सकिने हुँदा सार्वजनिक विदा तथा फूर्सदको समय कटाउने, जंगलका चराचुरुङ्गीको आवाज सुन्दैै हिमश्रृङखलाको आगनमा रमाउने पर्यटकको रोजाईमा पर्न थालेको हो ।
‘अहिले दैनिक जसो पर्यटक आउन थालेका छन’ स्थानीय प्रेम केसीले भन्नुभयो–‘हिमालको आगनमा बसेर मकै भट्टास खानेलाई यो नै स्वर्ग जस्तो लाग्छ ।’ दारेगौंडा जाने पैदल मार्ग निर्माण गर्न सके त्यस क्षेत्रका पर्यटन विकासमा सहयोग पुग्ने उहाँको भनाई छ ।
बागलुङ र म्याग्दीको संगम क्षेत्र पर्ने दारेगांैडको पर्यटन विकासमा कुनै पनि निकायबाट औपचारिक पहल नभएको केसीको भनाई छ । ‘लकडाउन र दशैँको समयमा आन्तरिक पर्यटक भुँईचो लागेर उच्च पहाडी क्षेत्रमा पुगे’ उहाँले भन्नुभयो–‘डोहेरीमा सामुदायिक होमस्टे र दारेगौडालाई प्राकृतिक क्षेत्र अवलोकन गर्न बनाउन सके भीमापोखराको पर्यटन विकासमा सहयोग पुग्छ ।’ बागलुङ सदरमुकामदेखि करिव २६ किलोमिटर सडक यातायात र त्यही पछि करिव दुई घण्टाका पैदल यात्रामार्फत दारेगौडा पुग्न सकिन्छ ।
डोहेरीसम्म कच्ची सडकले जोडिएको हुँदा जंगल क्षेत्रमा पर्यटन पदमार्ग निर्माण गर्न सके म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यको रुपमा विकास हुने स्थानीय विक्रम शर्माको भनाई छ । ‘दारेगौडा नयाँ पर्यटन गन्तव्य हो’ उहाँले भन्नुभयो–‘चिसो हावापानीमा अर्गानीक उत्पादनको स्वाद लिएर हिमश्रृङखलाको अवलोकन गर्न उपयुक्त क्षेत्र पहिचान भएको छ ।’