logo
२०८० चैत्र १६ शुक्रवार

जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते, तीन गम्भीर (फाेटाे फिचर)

फोटो फिचर |
राजनीति |


2020-10-30-25629
दु्ु्र्घटनामा क्षति भएकाे जीप


अमृतप्रसाद पौडेल
बेनी, कार्तिक १४ गते । हिमाली जिल्ला म्याग्दीको गलेश्वर बेनी सडक खण्डमा ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ११ जना घाइते भएका छन् । तीन गम्भीर घाइतेकाे उपचारका लागि पाेखरा लान रिफर गरिएकाे छ । 

जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको जीप बेनी नगरपालिका–८ र ९ को सिमानामा दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानीकी १० वर्षीय रिया बि.क.को मृत्यु भएको छ । वि.क.को बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । त्यस्तै घाइतेहरु मध्ये रघुगंगा गाउँपालिका–६ का ३० वर्षीय चालक नन्दलाल छन्त्याल, ८ वर्षीय दीक्षा शेरपुजा र बेनी नगरपालिका–८ का ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रिफर गरीएको सुवेदीले बताउनुभयो । 

अन्नपुर्ण गाउँपालिका–२ की ४२ टकमायाँ बिक, रघुगंगा गाउँपालिका–६ का ३० वर्षीय बसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाइजा, २० वर्षीय सिर्जना शेरपुञ्जा, ४० वर्षीय ठककुमारी शेरपुञ्जा, १४ वर्षीय दिवा शेरपुञ्जा, चालककी श्रीमती मायाँ छन्त्याल र ७ वर्षीय इच्छा शेरपुञ्जा घाइते भएको र उनीहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ ।

गाडी सडकभन्दा तल कालिगण्डकी किनारमा पुगेको र दुर्घटनाको कारण बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर डाक्टर प्रसाद चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो –‘गाडीमा १२ जना सवार भएको देखियो दुर्घटनाको अन्य कारण खोजी भैरहेको छ ।’