logo
२०८० चैत्र १६ शुक्रवार

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस... सधैं सधैं

फोटो फिचर |


2020-10-30-25650
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १४ गते । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्् ... यदि हिजोआज बिहानै उठेर तपाईँले उत्तर तिर आँखा लगाउनु भयो भने कालिप्रसाद रिजालले कोर्नु भएका शब्द, अलोक श्रीको संगीत र रामकृष्ण ढकालको स्वरका यी गीत पक्कै तपाईंको मनामा आउँछन् होला ।
केही दिनदेखि मौसम सफा भएसँगै राजधानीबाट हिमाल खुलेका दृष्यहरू सहजै देख्न सकिन्छ । यही मौकामा हाम्रा फोटो पत्रकार सुजन गुरुङले राजधानीका विभिन्न स्थानबाट देखिएको हिमालका मनोरम दृष्यलाई क्यामेरामा कैद गर्नुभएको छ ।